काठमाडौँ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । बिहीबार कालुङ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। १२८ रनको लक्ष्य पछ्याएको कर्णालीले १३.३ बलमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। विपिन रावलले ३५ बलमा ६० रनको महत्वपूर्ण योग्दान दिए। ओपनर दिनेश रावत गोल्डेन डक भएपछि धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३/१३ रन जोडेका थिए। प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो। सुदूरलाई सुरुदेखि नै दवावमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई/दुई विकेट लिए।
पुरुष क्रिकेटमा कर्णालीको पहिलो जीत

Read Complete Original Article
Published originally on नेपालन्युज






