Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरण नहुँदा देखिएका जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको मूल समारोहमा मन्तव्य राख्दै ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत समस्या भोग्नुपरेको बताए। उनले यस विषयमा उद्योगमन्त्री र मन्त्रालयका सचिवको विशेष ध्यानाकर्षण गराए। “उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने। सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसा गरे। सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा सम्मान गरेको उल्लेख गरे। निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उनले पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम सराहनीय रहेको बताए। “अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ,” उनले भने। उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण तथा विद्युतीकरणको प्रशंसा गर्दै ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गरे। ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुख तथा उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल
Latest NewsJust now

बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमाथि निर्माण हुने... ...

रातोपाटी
अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
Latest NewsJust now

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेको केन्द्र भवन निर्माणका लागि ९ करोड ७७ लाख रुपैयाँमा सम्झौता भएको छ । ...

कान्तिपुर
हुरीबतासले मुस्ताङको विद्युत् आपूर्ति अवरुद्ध
Latest NewsJust now

हुरीबतासले मुस्ताङको विद्युत् आपूर्ति अवरुद्ध

म्याग्दी। हुरीबतासका कारण म्याग्दी हुँदै मुस्ताङमा विद्युत् आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङसम्मको खण्डमा मङ्गलबार आएको हुरीबतासले विद्युत्का पोल ढाल्नुका साथै तार चुडाएपछि ३३ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध भएको हो। विद्युत् आपूर्ति बन्द हुँदा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ...

नेपालन्युज
माघभर रुरु महास्नानको तयारी
Latest NewsJust now

माघभर रुरु महास्नानको तयारी

गुल्मी। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ। कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो। माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement