Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पुनर्निर्माण र लगानीमा सहयोग गर्न कतारसँग सभामुखको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुनर्निर्माण र लगानीमा सहयोग गर्न कतारसँग सभामुखको आग्रह
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ। सङ्घीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–कतार सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख अर्यालले भोटेकोशी बाढीपछि कतार सरकारले गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद दिँदै नेपालको पुनर्निर्माण र पुनःस्थापनामा थप सहयोगको अपेक्षा गरे। उनले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच कायम मैत्रीपूर्ण सम्बन्ध र सहकार्य थप सुदृढ हुँदै गएको बताए। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य निरन्तर राख्न र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए। कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्न सहकार्य गर्नुपर्ने बताउँदै सभामुखले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिमा कतारी लगानी भित्र्याउन आग्रह गरे। नेपालका फलफूल, तरकारी र अन्नलगायत कृषि उपज कतार निर्यात गर्ने वातावरण बनाउन समन्वय गर्न पनि उनले आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालन र हवाई सम्पर्क विस्तारमार्फत पर्यटन तथा व्यापार प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो। सभामुखले खेलकुद विकासमा पनि दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गरे। राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्ध थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement