Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पुनः वर्षाको सम्भावना

पुनः वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुनः वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पुनः वर्षाको सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२-१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको जोखिम बढ्ने अनुमान गरिएको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारदेखि सुरु हुने मौसमी प्रभाव शुक्रबार र शनिबार थप सक्रिय हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही स्थान तथा पहाडी भू-भागमा वर्षाको सम्भावना छ । शनिबारसम्म पूर्वी नेपालमा यसको प्रभाव तुलनात्मक रूपमा बढी रहने अनुमान गरिएको छ । पश्चिम नेपालका केही स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने भए पनि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीको पश्चिमी भागमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने आँकलन गरिएको छ । मौसमविद्ले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गर्ने पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम प्रतिकूल हुने अवधिमा नयाँ पदयात्रा योजना स्थगित गर्न, यात्रा गर्नुअघि अद्यावधिक मौसमी सूचना लिन र पदयात्रामा रहेका व्यक्तिले सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ । धानबाली भित्र्याउने समयसमेत भएकाले किसानलाई सम्भव भएसम्म वर्षा सुरु हुनुअघि नै बाली सुरक्षित गर्न वा मौसमको अवस्था हेरी उपयुक्त समय छनोट गर्न आग्रह गरिएको छ । पानी जम्ने खेतमा निकासको व्यवस्था मिलाउन र काटिएको धान सुरक्षित स्थानमा राख्नुपर्नेमा मौसमविद्ले जोड दिएका छन् । चार जोखिमयुक्त हिमतालको सतह घटाइनेजलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमपहिरो जाने तथा हिमताल विस्फोटबाट बाढी आउने जोखिम बढिरहेको छ । यही जोखिमलाई ध्यानमा राख्दै सरकारले चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ । मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको जोखिम न्यूनीकरण गर्न ‘ग्लोफ सञ्जीवनी आयोजना’ प्रस्ताव गरिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने प्रस्तावित आयोजनाको कुल बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर रहेको छ । यसअघि दोलखाको रोल्वालिङ उपत्यकामा रहेको च्छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवलाई आधार बनाउँदै नयाँ हिमतालमा पनि त्यस्ता उपाय अपनाउने सरकारको योजना छ । हिमताल विस्फोटबाट उत्पन्न हुने बाढीले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार, कृषि भूमि र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको हो । यस्ता आयोजनाको प्रभावकारिता भने प्राविधिक अध्ययन, वातावरणीय संवेदनशीलता, पर्याप्त बजेट र दीर्घकालीन निगरानीमा निर्भर हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
ताजा खबरJust now

जलविज्ञान र मौसम विभाग क्रियाशील

काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

गोरखापत्र
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

नेपालबहस
बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
ताजा खबरJust now

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल

काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

रातोपाटी
कस्तो छ सोमबारको दिन तपाईको ?
ताजा खबरJust now

कस्तो छ सोमबारको दिन तपाईको ?

२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play