Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्ने नेप्सेका सिइओ सुवेदीको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्ने नेप्सेका सिइओ सुवेदीको प्रतिबद्धता
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले उक्त कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। नेप्सेका सीईओ सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताउँदै अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्दै काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त ...

कर्पोरट खबर
यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली
Latest NewsJust now

यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली

• नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्मम व्यवहारको प्रतिरोधका लागि अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। • उनले सरकारको हमलाको संभावना र त्यसको प्रतिरोधमा लाखौं कार्यकर्ताको सहभागिता आवश्यक रहेको बताएका छन्। • ओलीले आफूलाई गिरफ्तार गर्दा कार्यकर्तामाथि भएको कुटपीटको घटनालाई पनि उल्लेख गरेका छन्। ...

नेपालबहस
जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी
Latest NewsJust now

जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।  एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी ...

फरकधार
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play