Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पीपीपी मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाउँछौं -मुख्यमन्त्री कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
पीपीपी मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाउँछौं -मुख्यमन्त्री कार्की
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाउने बताएका छन् । बुधबार उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित १३ कोठे भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको लगानी भित्र्याएर ठूला पूर्वाधार तथा सेवामूलक आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको बताएका हुन् । उनले त्रियुगाको बरुवा बसपार्क पीपीपी मोडलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको जनाए । प्रदेश सरकारले एक हजार किलोमिटर सडक बहुवर्षीय योजनामार्फत निर्माण तथा स्तरोन्नति गरिरहेको र सयौँ पक्की तथा झोलुङ्गे पुल निर्माण गरेको दाबी गर्दै उनले प्रदेश सरकारको औचित्य कामबाटै पुष्टि हुँदै गएको उल्लेख गरे । कोशी प्रदेश सरकारले २०७९ माघ १४ गते ४२ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु गरेको उक्त भवन पटक–पटकको बजेट विनियोजनपछि झन्डै एक करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो। यसअघि सदरमुकाम गाईघाटस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै १३ कोठे भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
Latest NewsJust now

आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताएका हुन्। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको ...

लुम्बिनी सञ्चार
चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य
Latest NewsJust now

चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य

• भोजपुर सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, चिनी र मुसुरोको दाल बिक्री सुरु गरेको छ। • चिनीको मूल्य बाहिरी बजारमा बढेको कारण उपभोक्ताको माग खाद्य कम्पनीको गोदाममा बढेको छ। • चिनीको बिक्री दर प्रतिकेजी एक सय १० रुपैयाँ रहेको छ, जबकि बाहिरी बजारमा चिनीको मूल्य एक सय ३० रुपैयाँदेखि डेढ सयसम्म छ। ...

नेपालबहस
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण ...

केन्द्रबिन्दु
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल
Latest NewsJust now

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

• नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको विगतको अनुभवको समीक्षा गरेर आगामी कार्यभार तय गर्नुपर्ने बताएका छन्। • उनले २०८२ सालका घटनाले पार्टीको भविष्यमा गम्भीर प्रश्न खडा गरेको र मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको विश्लेषण गरेका छन्। • पोखरेलले भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाउँदै अघि बढ्ने प्रयास गरिएको उल्लेख गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play