Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
Photo / Coverage: नेपालन्युज

पाराग्वे।पाराग्वेको बैंकिङ संकट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्व राष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ। युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोग समेत लगाइएको छ। अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए। उक्त बैंकमा देशका करिब ६५ लाख जनसंख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकम समेत जम्मा थियो। बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो। सन् २०२३ मा राष्ट्रपति बनेका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राखेका थिए। उनीमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शंकास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ। अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप संकलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शंकास्पद ऋण समेत प्रवाह गरेको थियो। यही प्रकरणको अनुसन्धानका क्रममा असुनसियोन बाहिर रहेको पेनाको निवासमा छापा मारिएको हो। अभियोगपत्रमा सन् २०२४ मा घर निर्माणका लागि पेनाले युएनो बैंकबाट दुई पटक गरी पाँच लाख अमेरिकी डलर ऋण लिएको उल्लेख छ। उनको मासिक घरकर्जा किस्ता ३८ हजार अमेरिकी डलर रहेको र यो राष्ट्रपतिका रूपमा प्राप्त गर्ने मासिक तलबको ६ गुणा भएको अभियोगपत्रमा जनाइएको छ। सिनेटले गत शुक्रबार पेनालाई पदबाट हटाउने निर्णय गरेपछि उपराष्ट्रपति पेद्रो एलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्। उनले आइतबार बैंक धराशायी भएपछि निक्षेप रोकिएका १२ लाख ग्राहकको रकम सरकारले फिर्ता गरेको जानकारी दिए। हालसम्म करिब १५ करोड ८० लाख अमेरिकी डलर फिर्ता गरिएको र बाँकी रकम वितरणको काम यसै साता पनि जारी रहने एलियानाले बताएका छन्। –रासस /एएनआइ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कपिलवस्तुमा बसको ठक्करबाट वृद्धको मृत्यु
Latest NewsJust now

कपिलवस्तुमा बसको ठक्करबाट वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको ...

केन्द्रबिन्दु
सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच
Latest NewsJust now

सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच

परम्परागत बाजा, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र नभइ सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ । ...

कान्तिपुर
पुस्तौंदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
Latest NewsJust now

पुस्तौंदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

अर्घाखाँची।नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौंदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ। परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ। पुस्तौंदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास ...

नेपालन्युज
एनपिएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो
Latest NewsJust now

एनपिएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो

काठमाडौँ, कात्तिक २३ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्ततर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै छ ।कीर्तिपुरस्थित त्रिभु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play