Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन

पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष को ३ महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ । समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो । भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो । The post पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
ताजा खबरJust now

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको... ...

रातोपाटी
१० बजे १० समाचार : गगनले सम्हाले पार्टी सत्ता, मधेसका मुख्यमन्त्रीको पद धरापमा
ताजा खबरJust now

१० बजे १० समाचार : गगनले सम्हाले पार्टी सत्ता, मधेसका मुख्यमन्त्रीको पद धरापमा

काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको ३१ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १. गगनले... ...

रातोपाटी
करेन्ट लागेर महिलाको मृत्यु
ताजा खबरJust now

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए। घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play