Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानसँग हार्दै यू–१९ एसिया कपबाट बाहिरियो नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानसँग हार्दै यू–१९ एसिया कपबाट बाहिरियो नेपाल
Photo / Coverage: नेपालन्युज

काठमाडौं । ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो। पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो। नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। उनले ५४ बलमा ३ चौका प्रहार गरे। निरजकुमार यादवले ५९ बलमा २९ रन बनाए भने अभय यादवले १६ बलमा २३ रन जोडे। सूर्याशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए। यस्तै सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन बनाए। कप्तान विपिन शर्मा एक रनमा अविजित रहे। बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै मोहम्मद हुजैफा र मोहम्मद सय्यमले दुई दुई विकेट तथा जहांगिर बिलाल र रिजवानुल्लाहले समान एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो। पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए। बलिङतर्फ नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक–एक विकेट लिए। पाकिस्तानसँगको हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको प्लेअफ यात्रा मजबुत, हारले कमजोर बन्दै जनकपुर
Latest NewsJust now

सुदूरपश्चिमको प्लेअफ यात्रा मजबुत, हारले कमजोर बन्दै जनकपुर

सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ यात्रा कठिन बनेको छ।  मंगलबार भएको खेलमा जनकपुर सुदूरपश्चिमसँग २७ रनले पराजित भयो। चार खेलमा हार र दुई खेलमा जित निकालेको पहिलो संस्करणको च्याम्पियन चार अंकसहित तालिकाको पाचौँ स्थानमा छ।  जनकपुरमाथि जित निकालेपछि सुदूरपश्चिमको प्लेअफ यात्रा भने मजबुत बनेको... ...

नेपालखबर
सुदूरपश्चिमले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
Latest NewsJust now

सुदूरपश्चिमले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले हराएको छ । मंगलबार सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर अन्तिम ओभरको चौथो बलमा... ...

रातोपाटी
देश फर्किए मृत्युदण्ड हुन सक्छ हसिनालाई, राहदानी नदिने बंगलादेशको संकेत
Latest NewsJust now

देश फर्किए मृत्युदण्ड हुन सक्छ हसिनालाई, राहदानी नदिने बंगलादेशको संकेत

ढाका– बंगलादेशकी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिना देश फर्किएमा उनीमाथि सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयनको प्रक्रिया अघि बढ्ने बताएका छन्। हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध तोकिएको समयभित्र पुनरावेदन नगरेकाले फर्किएपछि ‘अरू विकल्प नरहेको’ उनको भनाइ छ। हसिनाका वकिलहरूले नोभेम्बर ९ मा दिल्लीस्थित बंगलादेश उच्चायोगलाई इमेल पठाउँदै उनका लागि नयाँ पासपोर्ट र राष्ट्रिय […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play