पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ। यो हालसम्मकै दोस्रो उच्च मासिक निर्यात हो। अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार, सेप्टेम्बरको निर्यात सन् २०२५ को डिसेम्बरमा कायम भएको ४३ करोड ७० लाख डलरको कीर्तिमानी स्तरभन्दा २० लाख डलरले मात्र कम हो। अगस्टको तुलनामा पनि सेप्टेम्बरमा आइटी निर्यात १० प्रतिशतले बढेको छ। शहजादका अनुसार, आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिक अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म आइटी निर्यात एक अर्ब २५ करोड डलर पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशत बढी हो। यसैबीच, सेप्टेम्बरमा आइटीसम्बन्धी स्वतन्त्र सेवा (फ्रिलान्स) बाट हुने आम्दानी पनि बढेर कीर्तिमानी १९ करोड ७० लाख डलर पुगेको छ। यो गत वर्षको सोही महिनाको तुलनामा ४९ प्रतिशत र अगस्टको तुलनामा ११ प्रतिशत बढी हो। आर्थिक वर्ष २०२६-२७ को पहिलो त्रैमासिकमा फ्रिलान्स आम्दानी करिब ५५ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। आर्थिक वर्ष २०२५/२६ मा यस्तो आम्दानी कुल एक अर्ब ७६ करोड डलर रहेको थियो। शहजादका अनुसार, आइटी निर्यातमा भएको वृद्धिको प्रमुख कारण आर्थिक वर्ष २०२६–२७ को बजेटमार्फत निर्यातकर्तालाई, विशेषगरी आइटी क्षेत्रका व्यवसायीलाई लक्षित गरी ल्याइएका प्रोत्साहनका कार्यक्रम र देशको डिजिटल अर्थतन्त्रको विस्तार हो। उहाँले यी नीतिगत उपायले निर्यात वृद्धि गर्न, थप ऋण नलिइ विदेशी मुद्रा आर्जन गर्न, उच्च मूल्यका रोजगारी सिर्जना गर्न तथा विश्वबजारसँग पाकिस्तानको आर्थिक आबद्धता बलियो बनाउन सहयोग गरिरहेको बताउनुभएको छ।-रासस The post पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चीनमा स्मार्टफोन ढुवानी सन् २०१३ पछिको सबैभन्दा न्यून त्रैमासिक स्तरमा झर्यो
सन् २०२६ को तेस्रो त्रैमासिकमा चीनको मुख्य भूमिमा स्मार्टफोन ढुवानी वार्षिक रूपमा १२ प्रतिशतले घटेर ५ करोड ९३ लाख एकाइमा पुगेको छ, जुन २०१३ पछिको सबैभन्दा कम तेस्रो त्रैमासिक कुल प्रतिनिधित्व गर्ने ओमडियाले अनुसन्धान प्रतिवेदनमा भनेको छ। दोस्रो त्रैमासिकमा गिरावट २ प्रतिशतबाट तीव्र भयो, किनकि लगातार उच्च मेमोरी लागत र अधिक सतर्क उपभोक्ता प्रतिस्थापन व्यवहारले मागमा भार पारेको थियो र विक्रेता ...

विराटनगर किङ्सको अफिसियल होम पार्टनर बन्यो बागमती प्लास्टिक, सम्झौता पत्रमा हस्ताक्षर
२ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई […] The post विराटनगर किङ्सको ...

भारतीय फिल्म ‘उड्ता तीर’ नेपालमा प्रतिबन्धित: मन्त्रालयले देखायो यस्तो कारण
२ कात्तिक, काठमाडौं। सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ […] The post भारतीय फिल्म ...


