Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
Photo / Coverage: नेपालन्युज

म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ । पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार–खोप्रा-खयर पदमार्गको पाउद्वार–हिलडाँडा– लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रूपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए। “श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” उनले भने, “दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पुर्‍याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।” पाउद्वारका बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताए। पाउद्वार–खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान आउन सहज भएको बताए । अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ । अर्नब चक्रवातका कारण पछिल्लो एक/दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएका खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जाने गर्दछन् । पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरू सुरक्षित भएकाले सहज रूपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए । असोज–कात्तिक र चैत–वैशाख खोप्रा–खयर पदमार्गको मुख्य याम हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु
Latest NewsJust now

टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु

इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको बिहीबारदेखि इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।  तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठ... ...

नेपालखबर
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
Latest NewsJust now

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक ...

अर्थ सरोकार
फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई
Latest NewsJust now

फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। योसँगै भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्... ...

नेपालखबर
संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग
Latest NewsJust now

संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play