Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पाँच वर्षमा पनि बनेन जैमिनी नगरपालिकाको प्रशासकीय भवन, पाँचौँ पटक म्याद थप

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच वर्षमा पनि बनेन जैमिनी नगरपालिकाको प्रशासकीय भवन, पाँचौँ पटक म्याद थप
Photo / Coverage: हिमालय टाइम्स

बागलुङ । ठेकेदार कम्पनीको चरम ढिलासुस्तीका कारण बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भवनको काम पूरा नहुँदा नगरपालिकाले पाँचौँ पटक म्याद थप्नुपरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन प्रशासकीय भवनको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ । निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि नगरपालिकाले पटकपटक म्याद थप्दै आएको हो । चौथो पटक थपिएको म्यादसमेत गत कात्तिक २५ गते समाप्त भएपछि नगरपालिकाले पाँचौँ पटक म्याद थपेर आगामी माघ मसान्तसम्म पुर्‍याएको छ । निर्माणमा भइरहेको ढिलाइका कारण नगरपालिकाले अझै भाडाको घरबाट सेवा प्रवाह गर्नुपरेको छ । नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । यसका लागि वार्षिक करिब २० लाख रुपैयाँ खर्च भइरहेको छ । नगरपालिकाका उपप्रमुख हरिहर शर्माले ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो । “ठेकेदारको चरम ढिलासुस्ती भएको छ । हामीले ताकेता गर्दा पनि भवन सकिने अवस्थामा छैन । यही गतिमा काम भए हाम्रो कार्यकालमा पनि भवन सम्पन्न हुने देखिँदैन । अहिले प्लास्टरको काम भइरहेको छ । ठूलो भवनमा थोरै कामदार लगाएर निर्माण सम्पन्न गर्न सम्भव छैन,” उहाँले भन्नुभयो । हालसम्म भवन निर्माणको करिब ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । मुख्य संरचना निर्माण भइसके पनि झ्यालढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा सजावटलगायतका काम बाँकी छन् । निर्माणको अधिकांश काम बाँकी रहे पनि ठेक्का रद्द गर्न सक्ने अवस्था नरहेपछि नगरपालिकाले पुनः म्याद थप गरेको जनाएको छ । तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले २०७८ फागुन २० गते भवनको शिलान्यास गर्नुभएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएअनुसार २०८१ पुस १६ गतेसम्म काम सक्नुपर्ने थियो । तर, निर्धारित समय सकिएको लामो समय बितिसक्दा पनि भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माणका लागि निर्माण कम्पनीसँग ८ करोड १७ लाख ६५ हजार रुपैयाँमा सम्झौता भएको थियो । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको करिब आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चारतले र ४२ कोठाको हुनेछ । भवनमा विद्युतीय लिफ्टसहित नगरपालिकाका विभिन्न विषयगत शाखा तथा प्रशासनिक सेवाहरू सञ्चालन गर्ने योजना छ । निर्माण कार्यमा भइरहेको ढिलाइले एकातिर नगरपालिकालाई वार्षिक लाखौँ रुपैयाँ घरभाडामा खर्च गर्नुपर्ने अवस्था सिर्जना गरेको छ भने अर्कोतर्फ सेवाग्राहीले समेत आफ्नै प्रशासकीय भवनबाट सेवा पाउने सुविधा पाउन सकेका छैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता
Latest NewsJust now

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना... ...

रातोपाटी
१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा
Latest NewsJust now

१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेट्टाएको हो।  सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए।  उनले चुहावट न... ...

नेपालखबर
८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार
Latest NewsJust now

८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ...

टक्सार
नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो
Latest NewsJust now

नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो

काठमाडौं । जुस, दूध तथा खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाएर गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भएका चार घटनाको अनुसन्धानका क्रममा लुटपाटमा संलग्न दुई जना र चोरीका गरगहना खरिद गर्ने दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement