पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि नवमी आज सम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार, उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए । दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा लगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ । दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । उनका अनुसार, यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने । रासस The post पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
काठमाडौं।जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तिकरण परियोजनाले आपतकालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो ...

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)
काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि ...

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै
• काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा दशैंको समयमा परम्परागत लिङ्गे पिङको चहलपहल कम भएको छ। • विगतका वर्षहरूमा पिङ खेल्नको लागि लामो लाइन लाग्ने गर्दथ्यो, तर यस वर्ष मानिसको अभावले पिङ सुनसान भएको छ। • वैदेशिक रोजगारी र मोबाइलको आकर्षणले गर्दा युवापुस्ताको गाउँबाट बाहिरिनु र पिङको संस्कृति घट्दै गएको स्थानीयहरूको भनाइ छ। ...

पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […] ...


