Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिदका लागि पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो । राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो । यसका लागि प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र प्रक्रियामा यसअघि सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत पनि बोलपत्रमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । बोलपत्र कागजात खरिद गर्न इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखामा निवेदन दिन सक्नेछन् । कागजातका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ । इमेलमार्फत पनि कागजात प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ । बोलपत्रको मान्य अवधि पेस गरेको मितिदेखि १२० दिन कायम हुनेछ । त्यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ । उक्त सुरक्षणको मान्य अवधि सन् २०२७ मे २८ सम्म हुनुपर्ने सूचनामा उल्लेख छ । बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने पनि सूचनामा जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
OthersJust now

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्। ...

अनलाइन खबर
गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ
OthersJust now

गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना ...

पर्दाफास
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख
OthersJust now

इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख

१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्। राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, 'इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक… ...

अनलाइन खबर
७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
OthersJust now

७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement