Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘पाँच पाण्डव’मा भीमसेनको भूमिकामा जितु

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाँच पाण्डव’मा भीमसेनको भूमिकामा जितु
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पाँच पाण्डव’मा अभिनेता जितु नेपाल भीमसेनको भूमिकामा देखिने हुनुभएको छ । निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा जितुले इँटाभट्टाका मजदुरको चरित्र निर्वाह गर्नुभएको छ । उहाँले आफू पूर्णरूपमा महाभारतका भीम नभई पाण्डवको प्रतीकात्मक चरित्रमा प्रस्तुत भएको बताउनुभएको छ । चलचित्रमा जितुका साथै हरिवंश आचार्य, दीपाश्री निरौला, महेश त्रिपाठी, आर्यन सिग्देल, सुशील सिटौला, विनोद न्यौपाने, इभा गिरीलगायतका कलाकारको अभिनय छ । जितु र दीपाश्रीले चलचित्रमा श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गर्नुभएको छ । जितुले हरिवंश आचार्यसँग पहिलोपटक पर्दा साझा गर्न पाउँदा फरक अनुभव भएको बताउनुभयो । चलचित्रमा कमेडी पनि रहने भए पनि कथाले मागेनुसार सबै कलाकारका फरक पक्ष प्रस्तुत हुने उहाँको भनाइ छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको लेखक पौडेलले बताउनुभयो । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुनुहुन्छ भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहनुभएको छ । चलचित्रको छायांकन श्याम तामाङ, सम्पादन सुप्रिम पराजुली र संगीत अर्जुन पोखरेलको छ । चलचित्रलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ । यस्तै, अभिनेत्री दीपाश्री निरौला चलचित्र ‘पाँच पाण्डव’मा फरक र सशक्त भूमिकामा देखिने हुनुभएको छ । चलचित्रमा उहाँले भीमकी श्रीमती ‘सितर्नी’को भूमिका निर्वाह गर्नुहुनेछ । दीपाश्रीका अनुसार यस चलचित्रमा उहाँको चरित्र अन्यायविरुद्ध लड्ने साहसी महिलाको छ । मजदुरमाथि अन्याय हुँदा प्रतिकारमा उत्रिने र श्रीमान्को सुरक्षाका लागि उभिने भूमिकामा आफू प्रस्तुत भएको उहाँले बताउनुभएको छ । आफ्नो प्रवेशका दृश्यले दर्शकबाट ताली र हुटिङ पाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
Latest NewsJust now

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्। ‘फिट फार्म&r... ...

नेपालखबर
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो ...

हिमालय टाइम्स
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play