Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, केन्द्रमा हरिवंश आचार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, केन्द्रमा हरिवंश आचार्य
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । यही कात्तिक २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर–२ सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र र उनीहरूको भूमिकालाई प्रस्तुत गरिएको छ । ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य देखिनुभएको छ । महाभारतका युधिष्ठिरको चरित्रबाट प्रेरित उहाँको पात्र पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःख र समस्यामा परेको थाहा पाएपछि पृथ्वीलोकमा आइपुग्छ । त्यसपछि उहाँ समस्यामा परेका भाइहरूलाई उद्धार गर्ने अभियानमा जुट्छनुहुन्छ । हरिवंशले भीम, अर्जुन, सहदेव लगायतका नाम दिएर चार भाइ बनाएको र उहाँहरूसँग मिलेर अन्याय तथा सामाजिक विकृतिविरुद्ध संघर्ष गरेको दृश्य ट्रेलरमा समेटिएको छ । समस्यामा परेका व्यक्तिहरूको सहयोगी र उद्धारकर्ताका रूपमा प्रस्तुत उहाँको चरित्रले सभ्य समाज निर्माणको सन्देश दिन खोजेको देखिन्छ । ट्रेलरमा क्यासिनोमा छोटा कपडा लगाएकी युवतीलाई देखेपछि हरिवंशले उनको शरीर ढाकिदिएको दृश्य पनि छ । यसले समाजमा नैतिकता, सभ्यता र सकारात्मक सोचको आवश्यकतालाई संकेत गर्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष तथा विद्रोहलाई चलचित्रको मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला लगायतका कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ चलचित्रमा । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ । उहाँले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो । चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुनुहुन्छ । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेख्नुभएको हो । पौडेलले ‘पाँच पाण्डव’लाई सामाजिक कथावस्तुमा आधारित सोसल ड्रामा बताउनुभएको छ । उहाँका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । प्राविधिक पक्षलाई समेत विशेष ध्यान दिइएको चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
Latest NewsJust now

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्। ‘फिट फार्म&r... ...

नेपालखबर
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो ...

हिमालय टाइम्स
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play