Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पाँचौँ मंकाः खलः चेस च्याम्पियनसिपको उपाधि रुपेशलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचौँ मंकाः खलः चेस च्याम्पियनसिपको उपाधि रुपेशलाई
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । रौतहटका सिएम रुपेश जैसवाल पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज रेटिङ चेस च्याम्पियनसिप २०८३ को विजेता बन्नुभएको छ । ललितपुरमा सम्पन्न एकदिने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जैसवालले उपाधिसहित नगद १० हजार रुपैयाँ हात पार्नुभएको हो । प्रतियोगितामा समान अंक प्राप्त गर्नुभएका जैसवालले बुकोल्स टाइब्रेकका आधारमा काठमाडौंका युवा सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै पहिलो स्थान हासिल गर्नुभएको हो । सिलवाल दोस्रो हुँदै ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । त्यस्तै, ललितपुरका एआईएम अभिक शाह तेस्रो हुनुभयो । उहाँले पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो । ललितपुर स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा सुनसरीका मुहान नरसिंह श्रेष्ठ चौथो हुँदै चार हजार रुपैयाँ, मकवानपुरका एफएम क्षितिज भण्डारी पाँचौँ हुँदै तीन हजार पाँच सय रुपैयाँ तथा काठमाडौंका शुभदीप थापा छैटौँ हुँदै तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी पाँचथरका रिसोन थापा सातौँ, काठमाडौंका बद्रीलाल नेपाली आठौँ, दोलखाका आशिष फुयाल नवौँ र काठमाडौंका सजल न्यौपाने दसौँ हुनुभयो । उहाँहरूले जनही दुई हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनुभयो । विधागततर्फ उत्कृष्ट महिला खेलाडीमा खोटाङकी कुसुम घिसिङ प्रथम, ललितपुरकी त्रिसरा लामा दोस्रो र साँखुकी अन्शी जोशी तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । अन्य विधागत पुरस्कारतर्फ ५५ वर्षमाथिका उत्कृष्ट भेट्रानमा ललितपुरका कृष्णमान महर्जन, १८०० रेटिङमुनि मोरङका प्रेम खड्का, १६०० रेटिङमुनि राजेन्द्र श्रेष्ठ, यु–१६ तर्फ ललितपुरका प्रलेश महर्जन, यु–१४ तर्फ काठमाडौंका प्रबिर केसी, यु–१२ तर्फ पाल्पाका अग्रिम सैंजु तथा उत्कृष्ट स्थानीय खेलाडीमा ललितपुरका सुरोज महर्जन घोषित हुनुभयो । उहाँहरू प्रत्येकले दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा आयोजित प्रतियोगिता तीन मिनेट दुई सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा नौ चरणको स्विस लिग प्रणालीअनुसार सञ्चालन गरिएको थियो । प्रतियोगिताको कुल नगद पुरस्कार राशि ६० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । पुरस्कार वितरण समारोहमा ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जनले न्हूदँ कार्यक्रमअन्तर्गत बुद्धिचाल प्रतियोगिताले युवा खेलाडीलाई खेलप्रति आकर्षित र उत्प्रेरित गरेको बताउनुभयो । उहाँले खेलकुदप्रति नगरपालिका सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३०... ...

रातोपाटी
साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै
Latest NewsJust now

साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको सुरक्षित, व्यवस्थित र प्रभावकारी प्रयोग सुनिश्च... ...

गोरखापत्र
संकट बन्दै रुस-युक्रेन युद्ध
Latest NewsJust now

संकट बन्दै रुस-युक्रेन युद्ध

२०२२ फेब्रुअरी २४ को बिहान युरोपको नक्सामा एउटा पुरानो भय पुनः जीवित भयो। रुसी क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूतर्फ उडिरहेका थिए। राजधानी किएभसहित विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिए। ट्याङ्कहरू सीमापार अघि बढे। लाखौँ मानिसले केही घण्टाभित्रै घर छाड्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि युरोपले अनुभव गरेको सबैभन्दा ठूलो सैन्य संकटमध्ये एउटा नयाँ अध्याय सुरु भयो। मस्कोले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको सैन्य कारबाहीका रूपमा व्याख्या गर्‍यो। ...

नेपालन्युज
कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती
Latest NewsJust now

कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती

काठमाडौँ, कात्तिक २० गते । सरकारले कृत्रिम (प्लास्टिक) फूलमाला र गुच्छाको आयात तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि आयात र बिक्री रोकिएको छैन । सरकारले राजपत्रमा सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play