Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
Photo / Coverage: केन्द्रबिन्दु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँ बजेटबाट स्तुपा निर्माण गरिएको हो । स्तुपा निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । काठमाडौँस्थित बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर निर्माण गरिएको उक्त स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको स्तुपाले पाँचधारेको धार्मिक महत्व थप बढाएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । ‘पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘पर्यटकीय क्षेत्रको विकाससँगै बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर स्तुपा निर्माण गरेपछि यहाँको आकर्षण बढेको छ । यस क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।’ भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पाँचधारेमा स्तुपा निर्माणसँगै घुम्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीयवासी विनोदकुमार राईले जानकारी दिए । पाँचधारे क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका विभिन्न स्थल रहेकाले यसको विकासमा भइरहेको कामले स्थानीयवासीमा उत्साह थपेको उनको भनाइ छ । ‘पाँचधारे क्षेत्रमा धेरै सम्भावनायुक्त पर्यटकीयस्थल छन् । पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारको पहलमा भइरहेको पूर्वाधार विकासका कामले हामीमा उत्साह थपिएको छ,’ राईले भने । धार्मिक तथा पर्यटनको सम्भावना बोकेको पाँचधारेमा आवश्यक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्न सके यो क्षेत्र भोजपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको  घटनाबारे छानविन हुँदै
Latest NewsJust now

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए ...

कान्तिपुर
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते
Latest NewsJust now

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते

काठमाडौँ । अनुसन्धानमा संलग्न ‘ली’ लाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले ‘ली’ लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । प्रहरी हेड्क्वार्टरका डीआईजी... ...

रातोपाटी
मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा
Latest NewsJust now

मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको... ...

नेपालखबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
Latest NewsJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play