Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पाँचखालमा १५५ मोबाइल र ४९ ल्यापटपको अनुसन्धान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचखालमा १५५ मोबाइल र ४९ ल्यापटपको अनुसन्धान
Photo / Coverage: नेपालन्युज

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका–७ शिखरपुरबाट नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएको आशङ्कामा १५५ थान मोबाइल र ४९ वटा ल्यापटपको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राविधिक अनुसन्धान गरिरहेको छ। मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका उनीहरू बस्दै आएको रिसोर्टबाट बरामद डिजिटल उपकरणको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयका प्राविधिकले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। रिसोर्टमा बस्दै आएका चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद देखिएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रहरीले छापा मारेको थियो। विष्टका अनुसार मङ्गलबारदेखि नै हिरासतमा राखिएका उनीहरूबारे मोबाइल र कम्प्युटरको अनुसन्धानपछि सिआइबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ। “पर्यटकीय भिसामा काम गरेर बसेको जस्तो देखिन्छ। दोषी ठहरिए कानुनअनुसार कारबाही हुन्छ, अन्यथा अध्यागमन विभागमा बुझाइन्छ,” विष्टले भने। थाङ्का चित्र बनाउने तथा पर्यटन र प्रविधिसम्बन्धी काम गर्ने भन्दै ती नागरिक तीन महिनादेखि रिसोर्टमा बस्दै आएका थिए। स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरूको गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। चिनियाँ नागरिक रिसोर्टमा बस्न थालेपछि वडाध्यक्ष रामशरण दङ्गालले चासो देखाए पनि उनीहरूको गतिविधिबारे विस्तृत जानकारी लिन नसकेको बताए। “केही हप्ताअघि प्रहरीसहित हामी रिसोर्ट गएर बुझ्दा दुईचार जनाले हामी थाङ्का चित्र बनाउने हो भनेपछि फर्किएका थियौँ,” उनले भने। रिसोर्ट सञ्चालक सूर्य भेटुवालका अनुसार तीन महिनाअघि उक्त टोलीलाई रिसोर्ट भाडामा दिइएको थियो । पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै चिनियाँ नागरिक आफैँ रिसोर्ट खोज्दै आएको र उनीहरूलाई भाडामा दिइएको उनले बताए। ‘सेफ’समेत उनीहरूले आफैँ ल्याएकाले रिसोर्टका कुनै पनि कर्मचारी त्यहाँ नरहेको भेटुवालको भनाइ छ। यसैबीच, पाँचखालको घटनापछि काभ्रेपलाञ्चोकका धुलिखेल, पनौती र बल्थली क्षेत्रमा पनि चिनियाँ नागरिकको बसाइ र गतिविधिबारे चासो बढाइएको छ। पनौतीका एक निर्माण व्यवसायीका अनुसार बल्थली क्षेत्रका नयाँ तथा ठूला होटल र रिसोर्टमा केही महिनायता चिनियाँ नागरिकको चहलपहल बढेको छ। जिल्लाका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरूले गर्ने गतिविधि र कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ। “आजदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल–रिसोर्टमा अनुगमन तथा निरीक्षण थालिएको छ,” प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने। उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट र नगरकोटलगायत स्थानमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे सम्बन्धित संयन्त्रमार्फत थप सूचना सङ्कलन गरिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुरको रिटलाई अग्राधिकार, ७ गते छलफलका लागि पेसी
Latest NewsJust now

दानबहादुरको रिटलाई अग्राधिकार, ७ गते छलफलका लागि पेसी

काठमाडौं । प्रहरी महानिरीक्षकबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाईपछि कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाइएको हो । ‘…सो सम्बन्धमा आदेश गर्नुपर्ने देखिँदा सो प्रयोजनको लागि निवेदकलाई मिति २०८३–०८–०७ को पेसी तारिख तोकी सोको जानकारी विपक्षीहरुलाई […] ...

लोकपथ
राष्ट्र बैंकले नष्ट गर्‍यो ७ खर्ब ६५ अर्ब रुपैयाँका पुराना नोट
Latest NewsJust now

राष्ट्र बैंकले नष्ट गर्‍यो ७ खर्ब ६५ अर्ब रुपैयाँका पुराना नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा प्रयोग गर्न नमिल्ने नोट नष्ट गरेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरिएको हो । २०८३ असार मसान्तसम्म संकलन भएका चलनचल्तीमा पठाउन अयोग्य नोटलाई […] ...

लोकपथ
काठमाडौंविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन
Latest NewsJust now

काठमाडौंविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं गोखार्जविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि काठमाडौंले बलिङ गर्ने भएको हो।  यो खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोली प्लेअफबाटै बाहिरि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play