Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पहिलो पावरप्लेमा काठमाडौंविरुद्ध कर्णालीको आक्रामक ब्याटिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो पावरप्लेमा काठमाडौंविरुद्ध कर्णालीको आक्रामक ब्याटिङ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिलो पावरप्लेमा सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले ६ ओभरको पावरप्ले समाप्त हुँदा एक विकेटको क्षतिमा ६५ रन बनाएको हाे ।कर्णालीका लागि ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४४ रन बनाएका छन् । उनले पाँच चौका र तीन छक्का प्रहार गरिसकेका छन् । यस्तै, मार्क वाट १२ बलमा १४ रन बनाएर क्रिजमा छन् । कर्णालीले पहिलो विकेटका रूपमा जिसान आलमलाई गुमाएको छ । उनी ५ बलमा ७ रन बनाएर जहान्दाद खानको बलमा करण केसीबाट क्याच आउट भए । काठमाडौंका लागि करण केसीले एक विकेट लिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वाेच्चको ‘फुलकोर्ट’ले भन्यो– ‘न्यायाधीशविरुद्ध बाहिर आएका विषयमा छानबिन गरियोस्’
Latest NewsJust now

सर्वाेच्चको ‘फुलकोर्ट’ले भन्यो– ‘न्यायाधीशविरुद्ध बाहिर आएका विषयमा छानबिन गरियोस्’

काठमाडौं । आज सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले ५ बुँदे निर्णय सार्वजनिक गरेको हो । सर्वाेच्चद्वारा जारी विज्ञप्तिमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी […] ...

लोकपथ
कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । कर्णालीका लागि अरिफुल इस्लामले सबैभन्दा बढी ४४ रन बनाए । उनले २२ बलमा […] ...

लोकपथ
कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
Latest NewsJust now

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौँ । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने... ...

रातोपाटी
सरकारविरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा, सिंहदरबारमा बैठक जारी
Latest NewsJust now

सरकारविरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा, सिंहदरबारमा बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play