Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पश्चिमी वायूको आंशिक प्रभाव कायमै, कस्तो होला आज देशभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पश्चिमी वायूको आंशिक प्रभाव कायमै, कस्तो होला आज देशभरको मौसम ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ, तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लागेको जानकारी दिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया स्फा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। त्यस्तै आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । The post पश्चिमी वायूको आंशिक प्रभाव कायमै, कस्तो होला आज देशभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्व अन्तर्गत आज ‘खरना’
Latest NewsJust now

छठ पर्व अन्तर्गत आज ‘खरना’

पर्सा । शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्। ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play