पश्चिमी वायुको आंशिक प्रभाव: देशका केही स्थानमा बर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै महाशाखाले नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ । The post पश्चिमी वायुको आंशिक प्रभाव: देशका केही स्थानमा बर्षा हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

टाइगर श्राफ लक्षित गोलीप्रहार : जुहुमा साताअघि नै भएको थियो रेकी
मुम्बई । मुम्बईको जुहुस्थित फुटबल मैदानबाहिर आइतबार बलिउड अभिनेता टाइगर श्राफमाथि गोलीप्रहार गर्ने तीन जना पुरुष एक साताअघि अक्टोबर ११ मा पनि सोही स्थानमा आएर केही समय घुमेको पाइएको छ। सीसीटीभी... ...

घटस्थापनादेखि आजसम्म कतिले छाडे काठमाडौँ उपत्यका ?
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको... ...

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले... ...


