Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पशुपतिमा बाला चतुर्दशीको तयारी सुरू, सुरक्षा व्यवस्थापनमा जुट्यो कोष

Share:WhatsAppFacebookX (Twitter)Telegram
पशुपतिमा बाला चतुर्दशीको तयारी सुरू, सुरक्षा व्यवस्थापनमा जुट्यो कोष
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । यही मंसिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ । पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ । कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उनले बताए । पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ । मंसिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्नेको घुइँचो लाग्ने गर्छ । पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेको भीड लाग्ने गर्छ । The post पशुपतिमा बाला चतुर्दशीको तयारी सुरू, सुरक्षा व्यवस्थापनमा जुट्यो कोष appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ
Latest NewsJust now

शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ

काठमाडाैँ। बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको... ...

रातोपाटी
फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल
Latest NewsJust now

फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल

काठमाडौँ । फकल्यान्ड टापु नजिक समुद्रमा तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीकरणले अर्जेन्टिनाको माग सुनुवाइ गर्न आफ्नो... ...

रातोपाटी
मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा
Latest NewsJust now

मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा

महोत्तरी समाचारदाता महोत्तरी, मङ्सिर १३ गते । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी महोत्तरी जिल्लाको बर्दिबासमा प्रस्तावित मेडिकल कलेज निर्माण हुनुपर्ने मागसहित बर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement