Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

पर्वतमा राजनीतिक भेटघाटमा सक्रिय विद्वान गुरुङ, पार्टी एवं स्थानीय र प्रदेश निर्वाचनबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्वतमा राजनीतिक भेटघाटमा सक्रिय विद्वान गुरुङ, पार्टी एवं स्थानीय र प्रदेश निर्वाचनबारे छलफल
Photo / Coverage: अनलाइनपाना

पर्वत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विद्वान गुरुङले पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडाका वर्तमान तथा निवर्तमान वडा सभापतिहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। नेपाली कांग्रेस कुश्मा नगर कार्यसमितिका सभापति सुरेन्द्र केसीको पहलमा आयोजित उक्त भेटघाटमा कुश्मा नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १४ का वर्तमान तथा निवर्तमान वडा सभापतिहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा केन्द्रीय सदस्य गुरुङले पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनको वर्तमान गतिविधि तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गर्नुभएको थियो। विशेषगरी आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, नेता–कार्यकर्ताबीचको आपसी समन्वय र निर्वाचनको तयारीलगायतका विषयमा अनौपचारिक विचारविमर्श भएको बताइएको छ। पार्टीको केन्द्रीय नेतृत्व र स्थानीय तहमा क्रियाशील नेता तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन यस्ता भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल तरुण दलको विभिन्न जिम्मेवारीमा रहेर लामो समय संगठन निर्माण र युवा परिचालनमा सक्रिय रहनुभएका गुरुङ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। पार्टीको केन्द्रीय जिम्मेवारीमा पुगेपछि पनि स्थानीय तहका नेता तथा कार्यकर्तासँग निरन्तर संवाद र भेटघाटलाई प्राथमिकता दिनुभएको उहाँको यो भेटघाटलाई पर्वतको पार्टी संगठनसँगको समन्वय र आगामी निर्वाचनको तयारीका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play