Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

पोखरा । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ । तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन् । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार पर्यटक सूचना केन्द्रको तथ्याङ्कमा उक्त सङ्ख्या देखिएको हो । सिक्लेस पुगेका पर्यटकमध्ये अधिकांश आन्तरिक र नौ जना विदेशी रहेका छन् । एकैदिन ठूलो सङ्ख्यामा पर्यटक पुगेपछि स्थानीय होटल तथा होमस्टेमा पाहुना व्यवस्थापन गर्न कठिनाइ भएको वडाध्यक्ष गुरुङले बताए । केही होटल तथा होमस्टे सञ्चालक तिहार मनाएर गाउँ नफर्किएका कारण व्यवस्थापनमा थप समस्या भएको उनको भनाइ छ । पर्यटकको चाप व्यवस्थापन गर्न भ्रमणअघि जानकारी गराउन आग्रह गरिएको उनले बताए । सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम जानकारी र बुकिङ नगरी ठूलो सङ्ख्यामा पर्यटक पुग्दा होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताए । यद्यपि गाउँमा आफन्त तथा स्थानीयका घरमा राखेर भए पनि पर्यटकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । दसैँतिहारपछि सिक्लेस आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गर्न अध्यक्ष गुरुङले आग्रह गरेका छन् । उनका अनुसार सिक्लेसमा ३२ होटल र ३७ होमस्टे सञ्चालनमा छन् । ती होटलमा एक हजार २०० र होमस्टेमा ३५० जना पाहुना राख्न सकिन्छ । गाउँका अन्य घरमा समेत पाहुना व्यवस्थापन गर्दा एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि अग्रिम जानकारीबिना पर्यटक पुग्दा व्यवस्थापनमा समस्या हुने उनले बताए । सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको आगमनले स्थानीयको आम्दानी र रोजगारी बढाएको बताए । उनका अनुसार गाउँका होटल तथा होमस्टेमा करिब १०० स्थानीयले रोजगारी पाएका छन् । पर्यटकको चाप बढ्दा सञ्चालकका परिवारका सदस्यले समेत पाहुना व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् । पोखराबाट ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घर छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा आउने अधिकांश पर्यटक प्रख्यात पर्यटकीय गन्तव्य कोरी र क्हफुचे हिमतालसम्म पदयात्रा गर्न पुग्ने गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक
Latest NewsJust now

काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक

काठमाडौं। काठमाडौंको बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अब यस्ता सवारीसाधनले साँझ ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधन बिहान ५ बजेदेखि मात्र सञ्चालन गर्न पाइनेछ। प्रशासनले ...

नेपालन्युज
जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी, प्लेअफ सम्भावना अझै जीवित
Latest NewsJust now

जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी, प्लेअफ सम्भावना अझै जीवित

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले तेस्रो जित हासिल गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले प्लेअफ सम्भावना जीवित राखेको हो । जनकपुरले दिएको ९९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, सर्वाधिक मल्लले १५, ...

फरकधार
भीमफेदी दुर्घटनाः तेह्र शव आफन्तले बुझे
Latest NewsJust now

भीमफेदी दुर्घटनाः तेह्र शव आफन्तले बुझे

सरिता दाहालहेटौँडा, कात्तिक २७ गते। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका –६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले आज साँझ बुझेका... ...

गोरखापत्र
एनपीएलमा चितवनको प्लेअफ सम्भावना बढ्यो, जनकपुरमाथि ४ विकेटको जित
Latest NewsJust now

एनपीएलमा चितवनको प्लेअफ सम्भावना बढ्यो, जनकपुरमाथि ४ विकेटको जित

जितसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाएको छ । एक खेल खेल्न बाँकी छँदै चितवन ७ अंकसहित चौथो स्थानमा उक्लेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play