Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Photo / Coverage: पर्दाफास

पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ । विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ । अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी
OthersJust now

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे । ...

अनलाइन खबर
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
OthersJust now

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ...

अनलाइन खबर
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी
OthersJust now

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

सरकारले आजै नेपाल प्रहरीको आईजीपीबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play