Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पथलैयामा २३७ किलो गाँजा बरामद, चालक फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
पथलैयामा २३७ किलो गाँजा बरामद, चालक फरार
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकैबाट प्रहरीले २३७।१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाटपथलैयातर्फ जाँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी भागेका थिए । गाडीलाई पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा चालकले इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए । खोजीका क्रममा चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल भने फेला परेको थियो । नियन्त्रणमा लिइएको गाडी चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३७।१७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२६ वर्षे वयमै पाँचतारे होटलको नेतृत्व
Latest NewsJust now

२६ वर्षे वयमै पाँचतारे होटलको नेतृत्व

परिवारको लगानी ट्राभल, पाँचतारे होटल, हेलिकोप्टर र जलविद्युत् क्षेत्रमा विस्तार, विभिन्न व्यवसायमा १ हजार २ सयभन्दा बढीलाई रोजगारी, पूर्वी नेपालका पर्यटकीय गन्तव्यलाई जोड्दै भारतीय, बंगाली र भुटानी पर्यटकको बसाइ लम्ब्याउने अश्लेषाको योजना। ...

कान्तिपुर
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
Latest NewsJust now

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ । भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि... ...

रातोपाटी
चेकपोष्टबाट भागेको गाडीमा २३७ केजी गाँजा बरामद
Latest NewsJust now

चेकपोष्टबाट भागेको गाडीमा २३७ केजी गाँजा बरामद

काठमाडौं । बाराको जीतपुर सिमरा–१ पथलैया चेकपोष्ट नजिकै २ सय ३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ । हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाट पथलैया जाँदै गरेको बा१७च २६३६ नम्बरको गाडी चेकजाँच गर्दा चालकले गाडी नरोकी भगाएका थिए । गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए । जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा ...

केन्द्रबिन्दु
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् मूल्यसूची
Latest NewsJust now

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् मूल्यसूची

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, टनेल र तराईको ५२ रुपैयाँ प्रतिकिलो रहेको छ । समितिका अनुसार आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement