Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको र पत्रकारको श्रम अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ । त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकार उल्लंघन गरिएको महासंघको भनाइ छ । पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको विज्ञप्तिमा उल्लेख छ । घोषित आन्दोलनका कार्यक्रमअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ । यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गर्ने तथा मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम रहेको छ । महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्ने जनाएको छ । महासंघले घोषित कार्यक्रमबाट पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ। The post पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।  मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।    ...

नेपालखबर
सुदूरलाई हराउँदै लुम्बिनी फाइनलमा
Latest NewsJust now

सुदूरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम राेयल्सलाई राउँदै लुम्बिनी लायन्सले फाइनलमा पुगेकाे छ । ...

रातोपाटी
राप्रपा मकवानपुरको अगुवा कार्यकर्ता भेला हुँदै
Latest NewsJust now

राप्रपा मकवानपुरको अगुवा कार्यकर्ता भेला हुँदै

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । जिल्ला अध्यक्ष रिशिलाल श्रेष्ठको नेतृत्वमा हुने भेलामा जिल्लाभरका अगुवा कार्यकर्ताको सहभागिता रहनेछ । भेलामा... ...

रातोपाटी
लक्जम्बर्गका राजकुमार बेथानचोकमा
Latest NewsJust now

लक्जम्बर्गका राजकुमार बेथानचोकमा

व्यक्तिगत भ्रमणमा रहेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको भेटमा शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play