Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त गतिविधिप्रति आपत्ति जनाउनुभएको हो । प्रवक्ता खनालका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति नलिइएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो । यस्तो घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ । सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ । समाचारकै विषयलाई लिएर प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ । त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि काउन्सिलले माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए सम्बन्धित पत्रकारलाई तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ । यसका साथै पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ताजा खबरJust now

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ । पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ । ...

केन्द्रबिन्दु
२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
ताजा खबरJust now

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै... ...

गोरखापत्र
सुरुङ खनेर भागेका कैदीको पहिचान
ताजा खबरJust now

सुरुङ खनेर भागेका कैदीको पहिचान

कालीकोट समाचारदाताकालीकोट, कात्तिक १५ गते । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका ८ जना कैदीको खोजी तीव्र पारिएको छ । शुक्रबार राति कैदीले कारागारभित्रबाट सुरुङ ख... ...

गोरखापत्र
कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा
ताजा खबरJust now

कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक राख्दै छ।  कांग्रेसका महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।  बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर द... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play