Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार पक्राउ गरिएकोमा रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग

पत्रकार पक्राउ गरिएकोमा रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग

10/30/2026, 8:46:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउ गरिएकोमा रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार सामग्रीका विषयमा असहमति, गुनासो वा कानुनी प्रश्न उठेमा त्यसको निरूपण स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायमार्फत हुनुपर्ने बताएको छ। लोकतन्त्रमा सञ्चार जगत्ले नागरिकको आवाज मुखरित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै रास्वपाले कानुन कार्यान्वयनका नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ। विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको उल्लेख छ। पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको रास्वपाको भनाइ छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको पनि रास्वपाले जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न रास्वपाले सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेको छ। रास्वपाले कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न सञ्चारकर्मीलाई आह्वान गर्दै सञ्चार जगत्प्रति ऐक्यबद्धता प्रकट गरेको छ। सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि आफू सदैव अग्रमोर्चामा उभिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
ताजा खबरJust now

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...

झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

रातोपाटी
बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
ताजा खबरJust now

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग... ...

रातोपाटी
नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
ताजा खबरJust now

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन... ...

रातोपाटी
पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
ताजा खबरJust now

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play