Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई छलफलका लागि साइबर ब्युरोमा बोलाइयो

पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई छलफलका लागि साइबर ब्युरोमा बोलाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई छलफलका लागि साइबर ब्युरोमा बोलाइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले श्रेष्ठविरुद्ध निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएको हो । प्रहरीको एक टोली शनिबार बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवास पुगेको थियो । त्यसपछि उनलाई साइबर ब्युरोको कार्यालय लगिएको ब्युरो स्रोतले जनाएको छ । समाचारको विषयलाई लिएर पन्तले शुक्रबार साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएको बताइएको छ । दुवै पक्षबाट निवेदन परेपछि घटनाबारे छलफल गर्न बोलाइएको र दुवैलाई सँगै राखेर कुरा गराउने तयारी रहेको स्रोतले जनाएको छ । श्रेष्ठ यसअघि गत साउन २७ गते काठमाडौं प्रहरीबाट पक्राउ परेका थिए । त्यस क्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो । श्रेष्ठको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए । पछिल्लो घटनामा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएपछि साइबर ब्युरोले छलफलको प्रक्रिया अघि बढाएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बजारमा अत्यास लाग्दो महँगी: वर्षमै १४८ प्रतिशतले बढ्यो प्याज, खाद्यान्न धान्नै गाह्रो
ताजा खबरJust now

बजारमा अत्यास लाग्दो महँगी: वर्षमै १४८ प्रतिशतले बढ्यो प्याज, खाद्यान्न धान्नै गाह्रो

नेपालीहरुको भान्सा अत्यधिक महंगिएको छ। पछिल्लो एक वर्षमा दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीमा उच्च मूल्यवृद्धि भएको हो। दैनिक चाहिने दाल, चामल, चिनी, तेल, तरकारीदेखि फलफूलसम्मको मूल्य उच्च हुँदा न्यून, मध्यम र तल्लो वर्गका नेपाली मारमा परेका छन्।  गत वर्ष २०८२ को चाडपर्वको सिजन सुरु हुनुअघिभन्दा यो वर्ष २०८३ को सोही अवधिमा खाद्यान्न तथा तरकारीमा दुई गुणाभन्... ...

नेपालखबर
सीजेपी संस्थापक अभिजीत दीपकेलाई सर्तसहित जमानत
ताजा खबरJust now

सीजेपी संस्थापक अभिजीत दीपकेलाई सर्तसहित जमानत

दिल्लीको एक अदालतले 'ककरोच जनता पार्टी' (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई सर्तसहित जमानत दिएको छ । दिल्ली प्रहरीका अनुसार शान्ति कायम राख्ने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि उनलाई रिहा गरिने भएको हो ।... ...

रातोपाटी
के जन्तर मन्तरमा फेरि नाराहरू गुञ्जेलान् ?
ताजा खबरJust now

के जन्तर मन्तरमा फेरि नाराहरू गुञ्जेलान् ?

विरोध प्रदर्शनको उद्देश्य के हो ? अन्यायविरुद्ध आवाज उठाउनु ? कुनै मुद्दाप्रति ध्यानाकर्षण गराउनु ? वा, सत्तामा बसेकाहरूलाई असहज बनाएर आफ्ना कुरा सुन्न बाध्य पार्नु ? तीन दशकभन्दा बढी समयदेखि भारतीयहरूले... ...

रातोपाटी
कांग्रेसलाई नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति  थापा
ताजा खबरJust now

कांग्रेसलाई नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए । “आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play