Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
Photo / Coverage: नेपालन्युज

हेटौँडा। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको बताए। प्रदेश प्रमुख देवकोटाले आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि त्यो तथ्यमा आधारित, रचनात्मक र जिम्मेवार हुनुपर्नेमा जोड दिए। डिजिटल प्रविधिको विकाससँगै गलत सूचना, भ्रामक समाचार र सामाजिक सञ्जालको दुरुपयोगका चुनौती बढेकाले पत्रकारितामा व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्व अझ महत्त्वपूर्ण भएको उनको भनाइ छ। उनले पत्रकारिताको स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारसम्बद्ध संस्थाहरूलाई श्रमजीवी पत्रकारको हकहित संरक्षण र व्यावसायिक पत्रकारिताको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे। कार्यक्रममा दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play