Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज नोभेम्बर २ मा विश्वभर मनाइँदैछ । सन् २०२६ को यस दिवसको नारा ‘धम्कीका स्वरूप फेरिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ । यस वर्ष पत्रकारले सामना गरिरहेका नयाँ तथा बदलिँदा जोखिमलाई मुख्य विषय बनाइएको छ । डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, धम्की, साइबर निगरानी, व्यक्तिगत विवरण सार्वजनिक गर्ने कार्य, मनपरी पक्राउ, पत्रकारलाई दबाब दिन दायर गरिने मुद्दा तथा अनलाइन हिंसाले पत्रकारिताको स्वतन्त्रतामा चुनौती थपिरहेका छन् । विशेषगरी महिला पत्रकार अनलाइन हिंसाको बढी जोखिममा पर्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१३ डिसेम्बर १८ मा प्रस्ताव पारित गर्दै यो दिवस मनाउने घोषणा गरेको थियो । नोभेम्बर २ को मिति मालीमा सन् २०१३ को यही दिन हत्या गरिएका दुई फ्रान्सेली पत्रकार क्लाउड भेर्लोन र घिसलेन डुपोँको सम्झनामा छनोट गरिएको हो । विश्वभर पत्रकारको हत्यासम्बन्धी करिब ८५ देखि ८६ प्रतिशत घटनामा दोषीले सजाय पाउन सकेका छैनन् । द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो दण्डहीनताको अवस्था झन्डै शतप्रतिशत पुग्ने गरेको छ । पत्रकारविरुद्ध हुने अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षा सुनिश्चित गर्न विश्वभर विभिन्न सचेतना कार्यक्रम तथा नीतिगत छलफल आयोजना गरी यो दिवस मनाइँदैछ । The post पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि
Latest NewsJust now

अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि

अमेरिका । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको... ...

रातोपाटी
निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा
Latest NewsJust now

निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले इ–पेन्सन सेवा सुरु गरेको धेरै भइसक्यो । तर, आवेदनसहित कार्यालय धाउने क्रम नरोकिएपछि किताबखानाले असोज २१ मा सूचना जारी गर्‍यो, ‘कात्तिक १ गतेदेखि पेन्सन पट्टाका लागि अनलाइन आवेदन अनिवार्य गर्ने गरी ।’ त्यसबाहेक नयाँ कर्मचारीको सिटरोलसम्बन्धी विवरण पनि अनलाइन प्रणालीबाटै दर्ता गर्न अनिवार्य गरेको छ । किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ ...

केन्द्रबिन्दु
छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म
Latest NewsJust now

छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १६ गते । आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका जेहेन्दार विद्यार्थीलाई लक्षित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाल... ...

गोरखापत्र
डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य
Latest NewsJust now

डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play