Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले समाचार कक्षमै पुगेर पत्रकारमाथि सोधपुछ, धरपकड तथा पक्राउ गर्ने कार्य गलत भएको बताउनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ। विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ। प्रेस स्वतन्त्रताको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन,’ उहाँले भन्नुभयो। पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनामा कसले, किन र कसरी यस्तो गतिविधि गर्‍यो भन्ने विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै सम्झौता नगर्न र ढिलासुस्ती नगरी शीघ्र परिणाम देखाउन पनि पार्टीले सरकारलाई निर्देशन दिएको उहाँको भनाइ छ। आगामी दिनमा समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीले यस्तो अवस्था भोग्न नपर्ने गरी प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई निर्देशन दिइएको खरेलले बताउनुभयो। यसैगरी, रास्वपाले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। न्यायालयको समग्र पुनर्संरचनाको आवश्यकता महसुस गर्दै पार्टीले संसदीय दललाई यस विषयमा संसद्मार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको खरेलले जानकारी दिनुभयो। ‘यो अदालतबाट मात्रै अथवा न्याय परिषद्बाट मात्रै टुङ्गिन सक्दैन। यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् नै हो र अब संसद्मार्फत यसको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो। न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादका विषयमा महाभियोग लगाउने वा छानबिन गर्ने भन्नेबारे भने संसद्ले नै प्रक्रिया निर्धारण गर्ने उहाँले स्पष्ट पार्नुभयो। बैठकले मधेस प्रदेश तथा जिल्लामा देखिएका पार्टीका आन्तरिक समस्याबारे सहमहामन्त्री हरिलालको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि पेस भएको पनि खरेलले बताउनुभयो। उक्त प्रतिवेदनका आधारमा पार्टीले आगामी कदम चाल्ने उहाँको भनाइ छ। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका केही सदस्यसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
ताजा खबरJust now

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

रातोपाटी
सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
ताजा खबरJust now

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

नेपालखबर
विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
ताजा खबरJust now

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

कान्तिपुर
एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
ताजा खबरJust now

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play