Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी
Photo / Coverage: पर्दाफास

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनले निगरानी र नियन्त्रण संयन्त्रलाई सक्रिय बनाएको छ । त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ । प्रहरीले यसअघि पनि चाडपर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटक–पटक अनुरोध गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ। तर औपचारिक उद्घाटनअघि नै मंसिर ...

पर्दाफास
देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५
OthersJust now

देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पद पूर्ति गर्न उपनिर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि रिक्त भएका पद लामो समयदेखि पदपूर्तिको प्रतीक्षामा छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । यीमध्ये अधिकांश पद २०८२ ...

पर्दाफास
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)
OthersJust now

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। ...

अनलाइन खबर
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता
OthersJust now

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

सार्वजनिक रूपमा दुवै पक्षले आ-आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play