Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
Photo / Coverage: पर्दाफास

पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
OthersJust now

परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

२३ कात्तिक, टर्किए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो… ...

अनलाइन खबर
अझै बलियो भएर फर्किने ट्रम्पको वाचा
OthersJust now

अझै बलियो भएर फर्किने ट्रम्पको वाचा

२३ कात्तिक, एएफपी । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ । कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी… ...

अनलाइन खबर
गाईको नाकको डोरी
OthersJust now

गाईको नाकको डोरी

हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन्। गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । राजधानी उपत्यकामा हजारौँको सङ्ख्यामा रहेका गाईगोठहरूमध्ये सीमित गाईगोठहरू मात्रै गाईको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ र खुला वातावरणमा निर्मित छन् । अधिकांश भने साँघुरा र घुमफिर गर्न नमिल्ने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play