पछिल्लो २४ घण्टामा सवारी दु*र्घटनामा पाँचजनाको मृ*त्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्सनजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोसी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । रासस The post पछिल्लो २४ घण्टामा सवारी दु*र्घटनामा पाँचजनाको मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आगामी मंगलबारदेखि बर्षाको सम्भावना
काठमाडौं।नेपाल मौसम विज्ञान विभागले आगामी मंगरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट गरे। “आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले ...

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु घटनामा परराष्ट्रद्वारा दुःख व्यक्त
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । ...

टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा
काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका थिए।... ...

भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान
काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ। बिहीबारको जितसँगै भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै... ...


