Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

‘पछाडि पारिएकाहरुका लागि राज्यले बोल्नुपर्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पछाडि पारिएकाहरुका लागि राज्यले बोल्नुपर्छ’
Photo / Coverage: नेपालन्युज

सुर्खेत। अपांगता भएका व्यक्तिहरूलाई समावेशी विकासको प्रक्रियामा सहभागी गराउँदै समाजको मूलधारमा ल्याउन राज्य र सम्बन्धित निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले बिहीबार सरकारी पदाधिकारी तथा अपांगता समन्वय समितिका सदस्यहरूका लागि आयोजना गरेको अपांगता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले पछाडि पारिएका तथा आफ्ना समस्या र अधिकारबारे आवाज उठाउन नसक्ने समुदायका पक्षमा राज्यले अग्रसरता लिनुपर्ने धारणा राखेका हुन्। सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवार अधिकारीहरूले संवेदनशीलतासहित आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको भनाइ थियो। महासंघका कर्णाली प्रदेश अध्यक्ष नन्दराज धितालले अपांगता भएका व्यक्तिहरू राज्य र समाज दुवैबाट उपेक्षित हुँदै आएको तथा आफ्ना आवश्यकता र अधिकारबारे सहज रूपमा आवाज उठाउन नसकेको बताए। यस्तो अवस्थामा उनीहरूको पक्षमा नागरिक समाज र राज्यले आवाज उठाउनुपर्ने उनको भनाइ थियो। ‘अपांगता भएका व्यक्तिहरू एकातिर राज्यबाटै पछाडि पारिएका छन्, अर्कोतिर आफ्ना कुरा निर्धक्कसँग राज्यसमक्ष राख्न सक्ने अवस्था पनि छैन,’ धितालले भने, ‘उनीहरूका लागि नागरिक समाज र राज्य नै बोल्नुपर्ने हुन्छ।’ कर्णाली प्रदेश सरकारले अपांगतासम्बन्धी छुट्टै नीति निर्माणका लागि पहल गरे पनि त्यसले पूर्णता पाउन नसकेको सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले बताइन्। नेपालले संयुक्त राष्ट्रसंघको अपांगतासम्बन्धी महासन्धि स्वीकार गरेको तथा त्यसअनुसार बनेका नीति र कानुनको आधारमा प्रदेशले पनि काम गरिरहेको उनले उल्लेख गरिन्। ‘प्रदेशले छुट्टै नीति बनाउन सकिरहेको अवस्था छैन। तर नीति नभएकै कारण अपांगता भएका व्यक्तिहरूका लागि काम नगरेको भन्ने होइन,’ श्रेष्ठले भनिन्। उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा बहिरा व्यक्तिहरूलाई सेवा लिन सहज हुने व्यवस्था नभएको गुनासो आएपछि त्यसको समाधानका लागि पहल भइरहेको छ। अस्पतालमा दोभाषे कर्मचारीको व्यवस्था गर्न अस्थायी दरबन्दी सिर्जना गर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएको उनले जानकारी दिइन्। अपांगता समावेशितालाई प्रभावकारी बनाउन अपांगता नभएका व्यक्तिहरूले पनि यस क्षेत्रका आवश्यकता, चुनौती र अधिकारबारे बुझ्नुपर्ने सचिव श्रेष्ठको धारणा थियो। सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले सार्वजनिक संरचना र सेवा सबैका लागि समान रूपमा पहुँचयोग्य बन्न नसकेको बताए। पछिल्लो समय निर्माण भएका संरचनामा पहुँचयुक्त व्यवस्थालाई प्राथमिकता दिन थालिएको उल्लेख गर्दै उनले भौतिक संरचना, सेवा र समुदायलाई समावेशी बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले अपांगता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न बनेका कानुन र नीतिको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरू जिम्मेवार हुनुपर्ने बताए। समावेशिता र पहुँचका क्षेत्रमा विगतको तुलनामा केही सुधार देखिए पनि कानुन र नीतिअनुसार दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक
Latest NewsJust now

अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक

• भारतले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा प्रस्तुत गरेको छ। • भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गर्दै सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ। • भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास आन्तरिक विवादबीच अघि बढिरहेको छ, जसमा प्रशासनिक समस्याहरू र निर्वाचन प्रक्रियामा धाँधलीको आरोप समावेश छन्। ...

नेपालबहस
मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा
Latest NewsJust now

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा

Hindustan Times via Getty Images हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन् शेख हसिनाले बारम्बार आफू बाङ्ग्लादेश फर्किने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्।बाङ्ग्लादेशको सत्ताबाट च्युत भएकी यी पूर्वप्रधानमन्त्रीले अहिले आफू आगामी डिसेम्बर ...

बीबीसी नेपाली
नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई समय सापेक्ष अघि बढाउन र नेपाल भारत सीमा समस्याको समाधान खोज्न... ...

रातोपाटी
ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो
Latest NewsJust now

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो । भारतीय ओलम्पिक सङ्घ (आइओए)ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement