पचास वर्षदेखि कसरी उस्तै छ रजनीकान्तको जादु

लोकप्रिय भारतीय अभिनेता रजनीकान्त फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा बढी भइसकेको छ। तथापि, ७५ वर्षको उमेरमा पनि उनी मुख्य नायक कै रूपमा पर्दामा देखिँदै आएका छन्।

उनको फिल्म 'जेलर २' शुक्रवार रिलिज भएको छ। उनको पछिल्लो फिल्म 'कुली'ले मिश्रित प्रतिक्रिया पाए पनि 'जेलर २' प्रति दर्शकको अपेक्षा घटेको छैन।

आज पनि नयाँ निर्देशकहरूको मुखबाट सुनिन्छ, "सुपरस्टार रजनीका लागि मसँग एउटा कथा छ।"

भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना

भारतमा नयाँ 'वेबसिरिज'ले जन्मायो वैवाहिक बलात्कारबारे बहस

उनीहरू रजनीकान्तलाई बुवा वा सहायक पात्रको रूपमा नभई मुख्य नायककै रूपमा प्रस्तुत गर्न चाहन्छन्।

'फोर्ब्स इन्डिया' ले सन् २०१३ मा रजनीकान्तबारे प्रकाशित एउटा सामग्रीमा लेखेको थियो, "चलचित्रहरूको एउटा निश्चित आयु हुन्छ, तर तिनका स्टारहरूको हुँदैन। उनीहरू आफैँमा एउटा ब्र्यान्ड बन्छन्।"

'रजनी' नामको ब्र्यान्ड

Getty Images
रजनीकान्तका प्रशंसक

लेखिका जे दीपाका अनुसार, "रजनी केही फिल्महरूको खुलेर प्रशंसा गर्छन् र त्यस्ता कथामा काम गर्ने इच्छा पनि व्यक्त गर्छन्। तर, उनी आफ्ना प्रशंसकलाई मन पर्ने फिल्महरू मात्रै छान्न निकै सावधानी अपनाउँछन्। यसैले गर्दा 'रजनी' ब्र्यान्ड आज पनि कायम छ।"

सिनेमासम्बन्धी पुस्तकहरू समेत लेखेकी उनी भन्छिन्, "रजनी आफ्ना खुबी र कमजोरीबारे राम्ररी जानकार छन्। पर्दामा तिनलाई कसरी प्रस्तुत गरिन्छ भन्नेमा उनी सधैँ सचेत रहन्छन्।"

"यसको उदाहरण उनको स्टाइल हो, जुन पहिलो फिल्मदेखि आजसम्म उस्तै छ।"

'अ बर्ड्स आई भ्यू अफ ब्र्यान्ड रजनीकान्त' नामक अनुसन्धानपत्रका अनुसार, रजनीकान्त फिल्मबाहिर पनि विभिन्न वर्गका मानिसलाई आफूतर्फ आकर्षित गर्न सफल भएका छन्।

उनका चर्चित अनि जोडदार संवादहरू, 'अन्नामलाई', 'उझैप्पाली', 'वीरा' र 'मुथु' जस्ता फिल्ममा आम मानिसको प्रतिनिधित्व गर्ने पात्र तथा सार्वजनिक जीवनको सरल व्यवहारले उनको ब्र्यान्डलाई बलियो बनाएका छन्।

'हरर विरोधाभास': कसरी डर जगाउने चलचित्रले तपाईँको तनाव कम गर्न सक्छन्

अमिताभ-रेखा बीचको प्रेम सम्बन्धको वास्तविकता के थियो

उक्त शोधपत्रमा भनिएको छ, "अमिताभ बच्चन, शाहरुख खान, आमिर खान र सलमान खानजस्ता भारतीय सुपरस्टारहरूले विभिन्न व्यावसायिक ब्र्यान्डका विज्ञापन गर्छन् तर रजनीकान्त सार्वजनिक रूपमा व्यावसायिक ब्र्यान्डहरूको प्रचार गर्दैनन्।"

यद्यपि, व्यावसायिक लाभका निम्ति उनको छविको प्रयोग भने हुँदै आएको छ। उदाहरणका लागि, जापानी खाद्य कम्पनी 'टोहाटो' ले जापानमा आफ्ना उत्पादनको प्रचार गर्न रजनीकान्तको तस्बिर प्रयोग गरेको थियो।

सन् १९९५ मा रिलिज भएको फिल्म 'मुथु' को डब संस्करणपछि उनी जापानमा पनि लोकप्रिय बनेका थिए।

व्यावसायिक सफलता

सन् २०२३ मा रिलिज भएको रजनीकान्तको फिल्म 'जेलर' मा उनको पुरानो फिल्म 'बाशा' को प्रभाव देखिन्छ।

यसमा एक अवकाशप्राप्त जेलरले आफ्नो छोराको हत्याको बदला लिन शान्त पारिवारिक जीवन त्यागेर हिंसाको बाटो अपनाउँछ। ऊ वास्तवमा को हो र विगतमा के गरेको थियो भन्ने कुरा फ्ल्यासब्याक र अन्य पात्रहरूमार्फत् खुल्दै जान्छ।

मोहनलाल, शिवराजकुमार, विनायकन र ज्याकी श्रफजस्ता अन्य भाषाका चर्चित कलाकारले आफूले यो फिल्म 'रजनीकान्तकै लागि' गरेको बताएका छन्।

फिल्मको मूल्याङ्कन कलात्मकता, कथा, पटकथा र सामाजिक सन्देशका आधारमा मात्र नभई व्यावसायिक सफलताका आधारमा पनि गरिन्छ। यस दृष्टिले 'जेलर' ले ६०० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको बताइन्छ।

बलिउड स्टारहरूका फिल्मको व्यावसायिक सफलतासँग तुलना गर्दा यो उल्लेखनीय आँकडा हो।

हिन्दी फिल्म शोलेको ५० वर्ष, किन यसको अझै चर्चा गर्छन् दर्शक

प्रतिभाशाली भारतीय चलचित्रकर्मी गुरु दत्तको वियोगान्त जीवन

'सबै चलचित्र सफल हुनुपर्छ भन्ने छैन'

यद्यपि, रजनीकान्तका सबै फिल्म व्यावसायिक रूपमा सफल हुँदैनन्।

यसको उदाहरण सन् २००२ मा रिलिज भएको 'बाबा' हो।

रजनीकान्तले यसको पटकथा लेख्नुका साथै निर्माण पनि गरेका थिए। फिल्म असफल भए पनि त्यसले उनको अर्को फिल्म 'चन्द्रमुखी' को सफलतामा असर पारेन।

जे दीपाका अनुसार 'चन्द्रमुखी' मा मध्यन्तरअघिका धेरै दृश्य रजनीकान्तबिनै अघि बढ्छन्। ज्योतिका अभिनीत पात्रलाई पटकथामा विशेष महत्त्व दिइएको थियो।

"यति हुँदाहुँदै पनि रजनीकान्तले यो फिल्ममा काम गरे। यसको एउटा प्रमुख कारण आफ्नो 'ब्र्यान्ड' माथिको उनको भरोसा थियो।"

आफ्नो कमजोरी जान्दछन् रजनीकान्त

रजनीकान्तले करियरको सुरुवातमा धेरै फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका थिए। 'पतिनारु वयथिनिले', 'मुन्द्रु मुडिचु', 'गायत्री' र 'अवर्गल' मा उनका पात्र यस्ता थिए जसलाई आफ्नो 'ब्र्यान्ड' बनाउन चाहने अभिनेताले स्वीकार गर्न हिच्किचाउन सक्थे।

'ग्र्यान्ड ब्र्यान्ड रजनी: ब्र्यान्ड म्यानेजमेन्ट द रजनीकान्त वे' नामक पुस्तकमा लेखिएको छ, "रजनीकान्त पर्दामा यस्ता खलनायकका रूपमा उदाए जसलाई दर्शकले मन पराउँथे। उनका नकारात्मक भूमिकाहरूले उनलाई निकै सकारात्मक नतिजा दिए।"

"फिल्ममा खलनायकका रूपमा देखिँदा पनि सबैभन्दा धेरै ताली उनैले पाउँथे। दक्षिण भारतीय फिल्म उद्योगका लागि यो नयाँ कुरा थियो।"

रजनीकान्त आफ्ना सीमितताबारे सचेत रहेका जे दीपा बताउँछिन्। "फिल्म क्षेत्रमा प्रवेश गर्दा गाढा छाला भएका अभिनेतालाई उद्योगले सहजै नायकका रूपमा स्वीकार गर्दैनथ्यो भन्ने उनी जान्दथे।"

"त्यसैले उनले आफूलाई दिइएका खलनायकका भूमिकालाई फरक शैलीमा निर्वाह गरे। उनले ती पात्रलाई यसरी प्रस्तुत गरे कि दर्शकलाई उनको ठाउँ अर्को कुनै अभिनेताले लिन सक्दैन भन्ने लागोस्।"

बलीवुडमा फेरि बिक्न थाल्यो भूतप्रेतको कथा, 'हरर' चलचित्रको भविष्य के होला

लगातार एकपछि अर्को नेपाली चलचित्र 'लोकप्रिय' बन्नुका कारण

सन् १९८० र १९९० को दशकमा रजनीकान्तले बलिउडका धेरै फिल्ममा सहनायक वा अन्य महत्त्वपूर्ण पात्रका रूपमा काम गरे। अमिताभ बच्चन मुख्य भूमिकामा रहेका फिल्महरू विशेष उल्लेखनीय छन्।

"उनले मित्रताका लागि बलिउडका धेरै फिल्ममा काम गरे। यसले बलिउडमा पनि उनका प्रशंसकहरूको एउटा समूह तयार गर्यो," दीपा भन्छिन्।

"यति हुँदाहुँदै पनि उनले त्यहाँ मुख्य नायक बन्ने प्रयास गरेनन्। बलिउडमा सुन्दरतासम्बन्धी स्थापित मापदण्ड कस्ता छन् भन्ने कुरा उनले बुझेका थिए।"

"तर, बलिउडका फिल्महरूले उनलाई सन् १९९० को दशकमा नै 'प्यान इन्डिया' स्टार बनाइसकेका थिए। यसले उनका तमिल फिल्मप्रति पनि त्यहाँका दर्शकको ध्यान आकर्षित गर्यो।"

दीपाका अनुसार, "रजनीकान्तले आफ्नो फिल्मी करिअरको सुरुवातदेखि शिखरसम्म पुग्दासम्म आफूलाई जुन पक्षहरूमा सावधानीपूर्वक प्रस्तुत गरे, पछि उनका लागि कथा लेख्दा निर्देशकहरूले पनि तिनै पक्षलाई ध्यान दिन थाले।"

निर्माताहरूको साथ

पछिल्ला केही वर्षमा रजनीकान्तका 'दरबार', 'अन्नात्थे', 'लाल सलाम' र 'वेट्टैयन' जस्ता फिल्मले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनन्। तैपनि उनी 'जेलर', 'कुली' र 'जेलर-२' जस्ता ठूलो बजेटका फिल्ममा मुख्य नायकका रूपमा देखिँदै आएका छन्।

फिल्म निर्माता जी. धनञ्जयन भन्छन्, "आज पनि धेरै निर्माता रजनीकान्तलाई लिएर फिल्म बनाउन चाहन्छन्। रजनीकान्त आफैँले अस्वीकार नगरेसम्म, उनको 'सुपरस्टार' छवि र ब्र्यान्डका कारण उनका फिल्म बनिरहनेछन्।"

उनका अनुसार, "'जेलर' र 'जेलर-२' दुवै फिल्म 'रजनी' नामको ब्र्यान्डलाई केन्द्रमा राखेरै बनाइएका" हुन्।

भारतीय चलचित्रमा प्रयोग हुन थाल्यो एआई, कस्तो प्रभाव पर्न सक्छ

बलीवुड चलचित्र अझै 'लिङ्गभेदी र पश्चगामी' सूत्रमा बन्छन्

फिल्म 'कुली' सम्बन्धी एउटा कार्यक्रममा रजनीकान्तले भनेका थिए, "अब मेरो उमेर ढल्किसक्यो। म सन् १९५० को दशकको मोडलको गाडी जस्तै हुँ, जुन लाखौँ किलोमिटर गुडिसकेको छ।"

"त्यसैले मैले फिल्मको टोलीलाई मबाट धेरै काम नगराउन र मलाई सावधानीपूर्वक सम्हाल्न भनेको थिएँ।"

फिल्ममा होस् वा मञ्चमा, रजनीकान्तको व्यक्तित्व कुनै ठूलो स्टारको भन्दा पनि आम मानिसको नजिक देखिन्छ। यसलाई पनि 'रजनी' ब्र्यान्ड लामो समयसम्म कायम रहनुको महत्त्वपूर्ण कारण मानिन्छ।

'ग्र्यान्ड ब्र्यान्ड रजनी' पुस्तकमा भनिएको छ, "यदि रजनीकान्तलाई 'उदीयमान सुपरस्टार' वा 'भविष्यका स्टाइल किङ' भनेर दर्शकहरूमाझ परिचित गराइएको भए 'रजनी' नामको ब्र्यान्ड कहिल्यै बन्ने थिएन।"

"कुनै पनि ब्र्यान्डले आफ्नो क्षमता र सीमितता स्पष्ट रूपमा बुझेको हुनुपर्छ। रजनीकान्तले यो कुरा बुझेका छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि नोक्सानी
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए ... ...

सेनाले आरुघाटमा बेलीब्रिज निर्माण गरी गर्यो हस्तान्तरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। अ... ...

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरको दर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै... ...
![शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/NP_KTM_DSC04771_6ieWEhFh5C.jpg)
शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]
राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम ...