Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

पक्राउ पर्ने हल्लाबीच गगन थापाले भने- ‘एक सुका पनि आर्थिक चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पक्राउ पर्ने हल्लाबीच गगन थापाले भने- ‘एक सुका पनि आर्थिक चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर नैतिक धरातलमा नउभिएको प्रतिक्रिया दिएका छन्। पार्टीको विशेष महाधिवेशनमा पैसाको चलखेल गरेको अडियोसँगै पक्राउ पर्नसक्ने हल्लाबीच उनले सरकारका गलत कदमविरुद्ध बोल्दा आफूविरुद्ध प्रायोजित हल्ला फैलाएको भन्दै यसले आफूलाई कमजोर पार्न नसक्ने दाबी गरेका छन्। बिहीबार अपराह्न सामाजिक सञ्जालमा भिडियो सन्देश राखेर उनले उनले इनम सापकोटाको भनिएको अडियोमा आफू र पार्टीको आधिकारिकता र विशेष महाधिवेशनबारे अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाए। उनले आफू जस्तोसुकै अनुसन्धानका लागि तयार रहेको बताए। थापाले आफूविरुद्ध हल्ला फैलाइएजस्तै विशेष महाधिवेशनमा पैसाको चलखेल नभएको दाबी उनले गरे। उनले विशेष महाधिवेशन युवा पुस्ताको विद्रोहको परिणाम भएको दाबी गरे। युवाको विद्रोहमा आफूहरू मिसिएको मात्र उनले दाबी गरे ‘रुपैयाँ मात्र नभई एक सुका पनि आर्थिक चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’, उनले चुनौती दिए। थापाले अहिले मात्र नभई अहिलेको भन्दा बढी बलियो सरकार रहेका वेला पनि लडेको र आफ्नै पार्टीको सरकार भएका वेला पनि आवाज उठाएको दाबी गरे। लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने कुरामा चुप लागेर नबस्ने प्रतिक्रिया दिए। थापाले अरु नेताहरूसँगको भेटलाई आफू हतोत्साहित भएको वा डराएको रूपमा नबुझ्न चेतावनी दिए। उनले आफू डराउने ‘जिनिस’ नै नभएको बताए। सही काममा सरकारलाई सहयोग गर्ने भन्दै उनले गलत कामका विरुद्ध आवाज उठाउँदा परेको बेहोर्न तयार रहेको प्रतिक्रिया दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एउटा घारबाट सुरु भएको मौरीपालन : बन्दैछ आम्दानीको भरपर्दो आधार
OthersJust now

एउटा घारबाट सुरु भएको मौरीपालन : बन्दैछ आम्दानीको भरपर्दो आधार

कुनै समय घरायसी प्रयोजनका लागि मात्रै मौरी पाल्ने खड्कबहादुर राना मगरले मह बिक्री गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । ...

अनलाइन खबर
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
OthersJust now

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play