Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

न्यू सृष्टि दैनिकमा प्रकाशित ‘सिर्जना सर्वोत्कृष्ट’

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यू सृष्टि दैनिकमा प्रकाशित ‘सिर्जना सर्वोत्कृष्ट’
Photo / Coverage: अनलाइनपाना

विराटनगर । पत्रकार तथा साहित्यकार शङ्कर खरेलले ‘न्यू सृष्टि दैनिक’मा नियमित लेखेर सङ्ग्रहका रूपमा प्रकाशित ‘नरिसाउनुस् है’ पुस्तकले प्रभुभक्त छोरी नानी वर्ष पुस्तक पुरस्कार–२०८२ पाएको छ । विराटनगरमा ‘नारी स्रष्टा समाज’ले मङ्गलबार आयोजित कार्यक्रममा ‘नरिसाउनुस् है’ पुस्तक पुरस्कृत भएको हो । काठमाडौंका स्रष्टा विक्रमभक्त जोशी र बिन्जु जोशी संस्थापक रहेको वर्ष पुस्तक सम्मानको राशि ११ हजार रुपैयाँ थियो । साहित्यकार विवश पोखरेल, गङ्गा सुवेदी, डा. देवी पन्थी, समाजकी अध्यक्ष ममता मृदुल र पुरस्कार संस्थापक जोशीलगायतले खरेललाई पुरस्कृत गरेका थिए । यसपटक १० मा छनोट भएका कृतिहरूमा ‘सानु साथी’ (ईश्वरमणि अधिकारी), ‘जीवनकथा अग्रजका’ (केशु विरही), ‘धुवाँको रङ’ (चुडामणि नेपाल ‘अकिञ्चन’), ‘साङ्लो’ (रमेन्द्र कोइराला), ‘कहर वृत्त’ (रासा), ‘शालु’ (ललिता दोषी), ‘भोगाइ’ (लोचन रिजाल), ‘गीता मन्थन’ (विश्वराज अधिकारी) र ‘जिन्दगीका सय टुक्रा’ (शिव त्रिपाठी) रहेका छन्। ‘नरिसाउनुस् है’ २०८२ साल माघमा प्रकाशित भएको हो। ‘नरिसाउनुस् है’ मा १५ वर्षदेखि ‘न्यू सृष्टि दैनिक’मा प्रकाशित स्तम्भका लोकप्रिय आलेखहरू समावेश छन्, जसमा १२० भन्दा बढी आलेख समसामयिक विषयमा आधारित छन् । यस्तै, अन्य स्रष्टामा ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’बाट विधान आचार्य, ‘कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार’बाट हेमन्ती जोशी, ‘पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कार’बाट लोचन रिजाल एवं ‘कालीगङ्गा बाल स्रष्टा सम्मान तथा पुरस्कार’बाट सफलता फुयाँललाई सम्मानित गरिएको थियो । यस्तै, साहित्यकार रामचन्द्र महतो कुशवाहा, गोपाल प्रयास श्रेष्ठ, गोपाल निर्भीक, स्वयम्भूनाथ कार्की, शरद प्रधानाङ्ग, करुणा जोशी, मञ्जु घिमिरे दाहाल, हीरा खड्का अधिकारी, तिला लेकाली, कविता केशरी र शारदा भट्टराईलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो । वि.सं. २०७६ सालमा स्थापना गरिएको समाजले आफ्नो स्थापना दिवसको दिन पारेर प्रत्येक वर्ष मङ्सिर १ गते साहित्यमा सक्रिय स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो बलमै मुन्सेलाई आउट गर्नु जितको टर्निङ प्वाइन्ट बन्यो : ट्रम्पलम्यान
Latest NewsJust now

पहिलो बलमै मुन्सेलाई आउट गर्नु जितको टर्निङ प्वाइन्ट बन्यो : ट्रम्पलम्यान

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनल पुगेको लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानले खेलको पहिलो बलमै जर्ज मुन्सेलाई आउट गर्नु जितको मुख्य आधार... ...

रातोपाटी
वंशीको बर्खास्तीपछि रिक्त सशस्त्रको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा
Latest NewsJust now

वंशीको बर्खास्तीपछि रिक्त सशस्त्रको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा

सशस्त्र प्रहरी बलमा डेढ महिनादेखि एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त छ। सरकारले वंशीराज दाहाललाई आचरणविपरित काम गरेको भन्दै असोज २३ गते बर्खास्त गरेको थियो।  बर्खास्त गर्ने गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि दाहालले अपिल गरेका छैनन्। यता सरकारले रिक्त पदमा बढुवा गर्ने तयारी गरेको छ। एआईजी बढुवाका लागि तीन जना डीआ... ...

नेपालखबर
विपद्पछि होइन, नीतिमै विज्ञान जोड्न नेपालको आग्रह
Latest NewsJust now

विपद्पछि होइन, नीतिमै विज्ञान जोड्न नेपालको आग्रह

टर्की – नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्रभावकारी सामना गर्न वैज्ञानिक प्रमाणलाई नीति निर्माण र सरकारी योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएको छ । गत कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ अन्तर्गत जलवायु विज्ञानसम्बन्धी उच्चस्तरीय कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विज्ञानलाई निर्णय प्रक्रियामा सुरुदेखि नै समावेश गर्नुपर्ने बताए । उनले जलवायु विज्ञानको निष्कर्ष […] ...

काठमाण्डुपाटी
सिट थप गर्ने ४ ईभी गाडी कारबाहीमा, ४० हजार जरिवाना
Latest NewsJust now

सिट थप गर्ने ४ ईभी गाडी कारबाहीमा, ४० हजार जरिवाना

मकवानपुर । निर्धारित क्षमता भन्दा बढी सिट राख्ने ४ विद्युतीय गाडी (ईभी)लाई मकवानपुर प्रहरीले कारबाही थालेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले अवैध रूपमा थप सिट जडान गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play