Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा डकवर्थ लुइस नियमका आधारमा ४ रनको जित निकालेको छ । यो जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । १३५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले खेल रोकिँदा २६ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । भारतलाई जितका लागि २२ रन आवश्यक थियो । तर, वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतलाई ४ रनले विजयी घोषित गरिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो । वर्षाका कारण दुवै टोलीका लागि खेल ४७–४७ ओभरमा सीमित गरिएको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४१ ओभरमा १३४ रनमै समेटिएको थियो। तर, सामान्य लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले लगातार विकेट गुमायो । भारतका कप्तान शुभमन गिल पहिलो बलमै शून्य रनमा आउट भए भने विराट कोहलीले सात रन मात्रै बनाउन सके। रोहित शर्माले चार चौका प्रहार गरे पनि काइल जेमिसनको बलमा आउट भए । अक्षर पटेल पनि चार रनमा क्याच आउट भएपछि भारत ४७ रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो। त्यसपछि श्रेयस अय्यर र केएल राहुलले पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, जेमिसनको तीव्र गतिमा आएको छोटो बलमा श्रेयस आउट भए। नमन धीरले दुई चौका प्रहार गरे पनि पुल सट खेल्ने क्रममा क्याच आउट भए। एकपछि अर्को विकेट गुमाउँदै दबाबमा परेको भारतलाई वर्षाले राहत दिएको थियो । खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतले जित हासिल गर्‍यो । अब शृङ्खलाको तेस्रो खेल नोभेम्बर १० मा हुने तालिका रहेको छ । The post न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा
Latest NewsJust now

नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताएका छन् । समाजलाई एकताबद्ध र गतिशील बनाउन नकारात्मकताभन्दा सकारात्मक सोच, प्रेम, सद्भाव र... ...

रातोपाटी
कार्तिक कृष्ण त्रयोदशीः मनाइयो काग तिहार
Latest NewsJust now

कार्तिक कृष्ण त्रयोदशीः मनाइयो काग तिहार

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान्... ...

रातोपाटी
विश्व क्रिकेटका चर्चित खेलाडी एनपीएल खेल्न आउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास
Latest NewsJust now

विश्व क्रिकेटका चर्चित खेलाडी एनपीएल खेल्न आउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा... ...

रातोपाटी
व्यावसायिक घरानाले लिँदै आएको ग्यास अनुदान अब उपभोक्तालाई
Latest NewsJust now

व्यावसायिक घरानाले लिँदै आएको ग्यास अनुदान अब उपभोक्तालाई

काठमाडौँ । राज्यले सर्वसाधारण नागरिकको भान्सा सहज बनाउन खाना पकाउने (एलपी) ग्यासमा दिँदै आएको अर्बौँ रुपैयाँको अनुदान अब वास्तविक उपभोक्तामै केन्द्रित गरिने भएको छ । वर्षौँदेखि विपन्न तथा आम नागरिकको नाममा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play