Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?
Photo / Coverage: बीबीसी नेपाली

bjdlzx via Getty Images तारा हेर्ने र अन्तरिक्षबारे चासो राख्नेका लागि यो वर्षको अन्तिम महिनाहरू उत्कृष्ट छन्।अरियोनिड उल्कावृष्टि अक्टोबरमा भएको थियो र लियोनिड उल्कावृष्टि नोभेम्बर मध्यतिर हुने तय भएको छ।डिसेम्बर महिनामा भने जेमिनिड्स देखिने छ जुन महिनाको मध्यतिर दुई साताभन्दा धेरै समय हुने छ। कुनै बेला त एक घण्टामै ४०/५० वटा उल्कावृष्टि पनि देख्न सक्नुहुने छ। अमेरिकाको आकाशमा जब ध्वनिभन्दा तीव्र गतिमा उल्कापिण्ड घुइँकियोअरू ग्रहमा सूक्ष्मजीव हुने वा पृथ्वीबाट फैलिने सम्भावना कति, के तिनले हामीलाई बिरामी पार्न सक्छन् उल्कापिण्डहरू के ले गराउँछ?उल्काहरूलाई सामान्यतया खस्ने तारा अर्थात् शुटिङ स्टार्स पनि भनिन्छ। जब अन्तरिक्षमा रहेका चट्टानका साना टुक्राहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गर्छन् र जल्दै जान्छन् तब आकाशमा उज्यालो धर्सोजस्तो प्रकाश देखिन्छ।युरोपेली अन्तरिक्ष निकाय ईएसएको प्लानेटरी डिफेन्स अफिसका प्रमुख रिचर्ड मोइसलका अनुसार यी टुक्राहरूको आकार फरक-फरक हुन सक्छ। "जति ठूला टुक्रा हुन्छ त्यति नै बढी चम्किलो हुन्छ," उनले भने।"धेरैजसो अवस्थामा यी टुक्राहरू मिलिमिटर आकारका हुन्छन् जसले साना र सामान्य खस्ने ताराहरू देखाउँछन्। जब तिनीहरू गल्फ बलको आकारका हुन्छन् तब निकै स्पष्ट रूपमा देखिन्छन्। अनि जब तिनीहरू टेनिस बलभन्दा पनि ठूला हुन्छन् तब अत्यन्तै शानदार दृश्य देखिन्छ। तिनीहरू साना आगोका गोलाजस्ता देखिन्छन्।" m-gucci via Getty Images ठूला आकारका अन्तरिक्षका टुक्राहरूले अझ बढी चम्किला खस्ने ताराहरू देखाउँछन् खस्ने ताराहरू जुनसुकै समयमा देखिन सक्छन्। नासाका अनुसार प्रत्येक दिन करिब ४४,००० किलोग्राम पदार्थ पृथ्वीमा खस्छ जसमध्ये अधिकांश पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट हुन्छन्। तर कहिलेकाहीँ उल्काहरू देखिने सङ्ख्या अचानक धेरै बढ्छ। यस्तो घटनालाई उल्कावृष्टि भनिन्छ। यो घटना त्यतिबेला हुन्छ जब पृथ्वी कुनै धूमकेतुले छोडेको धुलो र चट्टानका टुक्राहरूको बाटो हुँदै अगाडि बढ्छ।धूमकेतुहरू बरफ, धुलो र चट्टानका गोलाकार पिण्ड हुन्। यी सौर्यमण्डलको निर्माणका क्रममा बाँकी रहेका पदार्थहरूबाट बनेका हुन् र अहिले सूर्यको वरिपरि परिक्रमा गरिरहेका छन्। 'एकछिन दिउँसै रात पर्‍यो': उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण हेरेर मानिसहरू दङ्गचन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना हरेक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा धेरै उल्कावृष्टिहरू देखिनुको कारण यो समयमा पृथ्वी केही निश्चित धूमकेतुहरूले छोडेका पदार्थ हुँदै गुज्रिन्छ।उदाहरणका लागि अक्टोबर महिनामा देखिने ओरियोनिड उल्कावृष्टि हेली धूमकेतुबाट निस्किएका टुक्राहरूका कारण हुन्छ। त्यस्तै लियोनिड उल्कावृष्टि भने ५५पी/टेम्पेल-टटल नामक धूमकेतुबाट निस्किएका टुक्राहरूका कारण हुन्छ। MARK GARLICK/SCIENCE PHOTO LIBRARY via Getty Images हरेक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा धेरै उल्कावृष्टिहरू देखिनुको कारण यो समयमा पृथ्वी केही निश्चित धूमकेतुहरूले छोडेका पदार्थ हुँदै गुज्रिन्छ तर मोइसनका अनुसार यसको कारण अन्तरिक्षमा रहेका धुलो र चट्टानका टुक्राहरूको वितरण मात्र होइन। यसमा अवलोकनसम्बन्धी एउटा पक्ष पनि जोडिएको छ। विशेषगरी उत्तरी गोलार्द्धमा जाडो मौसम सुरु हुने समयमा यस्तो हुन्छ। "अहिले रात १२ घण्टाभन्दा लामो हुन थालेको छ… त्यसैले हामी साना कणहरूलाई पनि देख्न सक्छौँ," उनले भने। "जाडो महिनाहरूमा हेर्न अझ सजिलो हुन्छ।"अर्को उल्कावृष्टि कहिले हुन्छ?अर्को उल्कावृष्टि लियोनिड्स हो। वास्तवमा यो उल्कावृष्टि सुरु भइसकेको छ। यो नोभेम्बर ६ देखि सुरु भएको हो र नोभेम्बर महिनाभरि जारी रहने छ। तर यसको सबैभन्दा बढी सक्रिय हुने समय नोभेम्बर १७ देखि १८ हो।लगभग प्रत्येक ३३ वर्षमा एकपटक उल्कावृष्टिको भीषण अवस्था देखिने गर्छ। यस्तो अवस्थामा पृथ्वीको कुन स्थानबाट अवलोकन गरिँदै छ भन्ने आधारमा प्रतिघण्टा सयौँदेखि हजारौँसम्म खस्ने ताराहरू देख्न सकिन्छ।मोइसनका अनुसार यसको कारण अन्तरिक्षमा उल्काका कणहरूको घनत्वमा प्राकृतिक रूपमा आउने परिवर्तन र पृथ्वी धूमकेतुको कक्ष नजिकबाट कति दूरीमा गुज्रिन्छ भन्ने कुरामा भर पर्छ।तर पछिल्लोपटक सन् २००२ मा लियोनिड्स उल्कावृष्टिको भीषण अवस्था देखिएको थियो। त्यसैले यो वर्ष त्यस्तो दृश्य देखिने छैन।सामान्य उल्कावृष्टिका बेला देखिने उल्काहरूको वास्तविक सङ्ख्या फरक फरक हुन सक्छ। तर नासाका अनुसार यो वर्ष लियोनिड्स उल्कावृष्टि सबैभन्दा सक्रिय हुने समयमा प्रतिघण्टा बढीमा १५ वटासम्म उल्का देखिनसक्ने अनुमान गरिएको छ। mdesigner125 via Getty Images नियोनिड्सको सबैभन्दा बढी सक्रिय हुने समय नोभेम्बर १७ देखि १८ हो लियोनिड उल्कावृष्टि कसरी हेर्नेआकाश सफा भएको अवस्थामा लियोनिड्स उल्कावृष्टि विश्वका धेरैजसो स्थानबाट देख्न सकिन्छ। तर उत्तरी गोलार्द्धमा रहेका मानिसहरूले यसको अझ राम्रो दृश्य देख्न पाउने छन्।यो उल्कावृष्टि हेर्न टेलिस्कोप वा बाइनाकुलरको आवश्यकता पर्दैन। वास्तवमा मोइसलका अनुसार नाङ्गो आँखाले हेर्नु नै अझ राम्रो हुन्छ किनभने यसरी आकाशको धेरै ठूलो भाग देख्न सकिन्छ।पृथ्वी ती कणहरूबीचबाट गुज्रिरहेको हुनाले ती कणहरू हाम्रो वरिपरि भए पनि उल्काहरू कुनै निश्चित दिशाबाट आइरहेको जस्तो देखिन्छन्। मोइसल यो वर्षा भइरहेको बेला गाडी चलाउँदाको अवस्थासँग तुलना गर्छन्। गाडीका अगाडिको सीमामा पानीका थोपाहरू माथिबाट नभई अगाडिबाट आइरहेको जस्तो देखिन्छ। "मूलत: यो त्यही दिशा हो, जहाँबाट पृथ्वी ती कणहरूको बादलभित्र प्रवेश गरिरहेको हुन्छ," उनले भने। Bilanol via Getty Images पल्टिएर आकाशका ताराहरू नाङ्गो आँखाले हेर्नु सबैभन्दा उत्तम उपाय हो सबैभन्दा राम्रो दृश्य हेर्नका लागि रेडियन्ट अर्थात् उल्का निस्किएर आएको जस्तो देखिन बिन्दु आफ्नो पछाडिपट्टि पर्ने गरी बस्नुपर्ने मोइसल बताउँछन्। यसो गर्दा आकाशमा उल्काहरू अझ लामो धर्सोजस्तो देखिन्छ।लियोनिड्स उल्कावृष्टिको रेडियन्ट सिंह तारामण्डल हो। आफ्नो मोबाइल फोनमा स्काई म्याप एप प्रयोग गरेर यो तारामण्डल पत्ता लगाउन सकिन्छ।"पहिले रेडियन्ट भएको दिशा हेर्नुहोस् त्यसपछि विपरीत दिशातर्फ फर्कनुहोस्। सम्भव भएसम्म शरीरलाई सीधा पारेर उत्तानो पल्टिनुहोस् र आकाशतर्फ हेर्नुहोस्। त्यसपछि उल्काहरू रेडियन्टबाट निस्किएर तपाईँको टाउकोमाथिबाट उडिरहेको जस्तो देखिने छ," उनले भने।उज्यालो धेरै नभएको ठाउँ रोज्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने उनी बताउँछन्।मोबाइल फोन हेर्ने बानीलाई कम गर्नुहोस् किनभने मोबाइलको उज्यालोले अँध्यारोमा हेर्नका लागि तपाईँका आँखाहरूको संवेदनशीलता कम गरिदिन्छ। यसले गर्दा साना र मधुरो प्रकाश भएका उल्काहरू देख्न गाह्रो हुन्छ।जेमिनिड्स उल्कावृष्टिजेमिनिड्स उल्कावृष्टि डिसेम्बर ४ देखि १७ सम्म सक्रिय रहने छ। तर यसको सबैभन्दा बढी सक्रिय हुने रात डिसेम्बर १३ देखि १४ हो।लियोनिड्स उल्कावृष्टिको तुलनामा यसमा धेरै बढी उल्काहरू देखिन्छन्। नासाका अनुसार मौसम र आकाश अवलोकनका लागि अनुकूल अवस्था भएमा प्रतिघण्टा ४० देखि ५० वटासम्म उल्का देख्न सकिन्छ।धेरैजसो उल्कावृष्टिहरू धूमकेतुबाट निस्किएका टुक्राहरूका कारण हुन्छन्। तर जेमिनिड्स उल्कावृष्टी भने ३२०० फेथन नामक क्षुद्रग्रहबाट उत्पत्ति भएको हो। यो क्षुद्रग्रहले प्रत्येक करिब १.४ पृथ्वी वर्षमा सूर्यको एकपटक परिक्रमा गर्छ।मोइसलका अनुसार यसको उत्पत्ति फरक स्रोतबाट हुने भएकाले जेमिनिड्स उल्काहरू लियोनिड्सको तुलनामा आकाशमा अझ बढी केन्द्रित रूपमा देखिन्छन्। BBC जेमिनिड्स उल्कावृष्टि कसरी हेर्नेआकाश सफा भएको अवस्थामा जेमिनिड्स उल्कावृष्टि विश्वका जुनसुकै स्थानबाट पनि देख्न सकिन्छ। यी उल्काहरू रातको समयमा र बिहान सूर्योदय हुनुअघिको समयमा सबैभन्दा राम्रोसँग देख्न सकिन्छ। लियोनिड्स उल्कावृष्टिजस्तै जेमिनिड्स हेर्न पनि उज्यालोको प्रदूषण कम भएको ठाउँ रोज्नुपर्छ। त्यसपछि उत्तानो पल्टिएर आकाशतर्फ हेर्नुपर्छ। तर जेमिनिड्स उल्कावृष्टिको रेडियन्ट मिथुन तारामण्डल भएकोले उत्तानो पल्टिनुअघि यो तारामण्डल आफ्नो पछाडिपट्टि पर्ने गरी बस्नुपर्छ।लियोनिड्स र जेमिनिड्स दुवै उल्कावृष्टि हेर्दा न्यानो कपडा लगाउन, धैर्य गर्न र पर्खाइको समयमा राम्रो साथीसँग समय बिताउन मोइसल सुझाव दिन्छन्। "यो नै सबैभन्दा राम्रो सुझाव हो। बरू पर्खिरहँदा रमाइलो गफ गर्नुहोस्।" पृथ्वीमा कति वटा उत्तरी ध्रुव छन्?यसपालि शरदयामको आकाशमा देखिनेछन् यी ५ खगोलीय दृश्य बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने
Latest NewsJust now

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

• प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन्। • भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेटको एक्ला भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। • नेपालले भारतसँग आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र थप हवाई प्रवेशमार्गको विषयमा छलफल गर्ने तयारी गरेको छ। ...

नेपालबहस
अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित
Latest NewsJust now

अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित

काठमाडौँ । अमेरिकाको चेस बैंक (Chase Bank) का हजारौं ग्राहकले सोमबार आफ्नो अनलाइन बैंक खातामा पहुँच स्थापित गर्न र बैंकिङ कारोबार गर्न समस्या भोगेका छन् । बैंकको मातृ संस्था जेपीमोर्गन चेसले यो समस्या कुनै साइबर आक्रमणका कारण नभई सफ्टवेयरमा आएको अस्थायी त्रुटिका कारण भएको जनाएको सिएनएनले उल्लेख गरेको छ । बैंकका प्रवक्ताका अनुसार कम्पनीको प्रणालीमा देखिएको एउटा सफ्टवेयर ‘बग’ का ...

टक्सार
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
Latest NewsJust now

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा... ...

रातोपाटी
बढ्दै छन् कफी पारखी
Latest NewsJust now

बढ्दै छन् कफी पारखी

काठमाडौँ, मङ्सिर १ गते । विगतमा निर्यातमुखी उत्पादनका रूपमा हेरिने कफीको खपत अहिले मुलुकभित्र पनि उल्लेख्य बढेको पाइएको छ । देशभित्र कफी पारखी बढ्दै जाँदा देशभित्रै उत्पादित कफीको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play