नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए । ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ वटा पुस्तक लेखिसकेका छन् । सन् १९८७ मा प्रकाशित उनको पुस्तक ‘द आर्ट अफ द डिल’ चर्चित छ । ट्रम्पको दाबीपछि सामाजिक सञ्जालमा उनको लेखन क्षमतामाथि प्रश्न उठाउँदै प्रयोगकर्ताहरूले व्यङ्ग्य गरेका छन् । पुलित्जर पुरस्कार पत्रकारिता, पुस्तक, नाटक र सङ्गीतका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित सम्मान हो । सन् २०२६ को पुलित्जर पुरस्कारमा ट्रम्प प्रशासनका नीति र कामकारबाहीबारे समाचार लेखेका विभिन्न सञ्चारमाध्यम पनि सम्मानित भएका थिए। ‘द न्युयोर्क टाइम्स’, ‘द वासिङ्टन पोस्ट’, रोयटर्स र ‘द सिकागो ट्रिब्युन’ले ट्रम्प प्रशासनका निर्णय, निजी स्वार्थ र आप्रवासनसम्बन्धी कारबाहीका विषयमा गरेको रिपोर्टिङका लागि पुरस्कार पाएका थिए । यसअघि सन् २०१८ मा ‘द न्युयोर्क टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप तथा ट्रम्पको चुनावी टोलीसँगको सम्बन्धबारे गरेको रिपोर्टिङका लागि पुलित्जर पुरस्कार पाएका थिए । ट्रम्पले ती समाचार गलत भएको भन्दै पुरस्कार फिर्ता लिन माग गरेका थिए । तर सन् २०२२ मा पुलित्जर पुरस्कार बोर्डले उनको माग अस्वीकार गरेको थियो । बोर्डले पुरस्कार पाएका समाचार पछि गलत प्रमाणित भएको देखाउने कुनै प्रमाण नभेटिएको जनाएको थियो । The post नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँको दोस्रो दिन विदेशिने युवाको लर्को
काठमाण्डु – नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाण्डुस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा […] ...

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
गणेश खनालअर्घाखाँची, कात्तिक ५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –२ भूमिस्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। ढाकावाङ–सन्धिखर्क सडक खण्डमा बुधबार बिहान... ...

कोप ३१: पर्वतीय र जलवायु बित्तको विषयलाई प्राथमिकता दिन सुझाव
नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ। मन्त्रालयअन्तर्गत जलवायु... ...

दसैंमा पनि रोकिएन विदेशिने लर्को
काठमाडौं।नेपालीहरूको प्रमुख पर्व बडादसैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौं नेपाली युवा–युवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ। विमानस्थल हुँदै विभिन्न ...


