Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेसन्स लिग : फ्रान्स, बेल्जियम र इंग्ल्याण्डको जित, स्पेनको अपराजित यात्रा समाप्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेसन्स लिग : फ्रान्स, बेल्जियम र इंग्ल्याण्डको जित, स्पेनको अपराजित यात्रा समाप्त
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । युइएफए नेसन्स लिगअन्तर्गतका पछिल्ला खेलमा फ्रान्स, बेल्जियम र इंग्ल्याण्डले महत्त्वपूर्ण जित निकालेका छन् । फ्रान्सले टर्कीलाई २-१, बेल्जियमले इटालीलाई ४-१ र इंग्ल्याण्डले विश्व च्याम्पियन स्पेनलाई ३-२ ले पराजित गरेका हुन् । यो जितसँगै फ्रान्स र बेल्जियमले क्वाटरफाइनलमा स्थान बनाएका छन् । यता, इंग्ल्याण्डले स्पेनलाई उसकै घरेलु मैदानमा हराउँदै ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । समूह ‘ए’अन्तर्गत फ्रान्सले टर्कीविरुद्ध कठिन जित निकालेको हो । इटालीसँग उसकै मैदानमा ३-१ ले पराजित भएको फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानले सन् १९९४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेको शहर बोर्डोमै यो खेल भएको थियो । यद्यपि, त्यतिबेलाको भन्दा फरक रंगशालामा खेल आयोजना गरिएको थियो । यस्तै, बेल्जियमले इटालीलाई ४-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । पहिलो हाफमै उत्कृष्ट पुनरागमन गरेको बेल्जियमले इटालीको अन्तिम आठमा पुग्ने सम्भावना समाप्त पारिदिएको हो । उता, मड्रिडमा भएको खेलमा इंग्ल्याण्डले स्पेनलाई ३-२ ले स्तब्ध बनायो । खेलको अन्तिम चरणमा १० खेलाडीमा सीमित भए पनि इंग्ल्याण्डले अग्रता जोगाउँदै जित निकालेको हो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play