Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमतिअनुसार अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमानुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ । कलेज व्यवस्थापनले शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ। सहमति कार्यान्वयन भए–नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र चिकित्सा शास्त्र अध्ययन संस्थानले चरणबद्ध अनुगमन गर्ने जनाइएको छ । यसअघि कलेज व्यवस्थापनबाट मानसिक दबाब र दुर्व्यवहार भएको तथा अध्ययनका लागि उचित वातावरण नभएको भन्दै पहिलो वर्षका रेजिडेन्ट डाक्टरहरू आन्दोलनमा उत्रिएका थिए । The post नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पदभार सम्हाल्न आज चीन जाँदै राजदूत शर्मा
Latest NewsJust now

पदभार सम्हाल्न आज चीन जाँदै राजदूत शर्मा

काठमाडौं । चीनका लागि नवनियुक्त नेपाली राजदूत डा कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ प्रस्थान गर्दै छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत आफू जिम्मेवारी सम्हाल्न बेइजिङ जान लागेको जानकारी दिएका... ...

रातोपाटी
ट्रम्प, सी र पुटिनबीच बिहीबार त्रिपक्षीय बैठक हुने
Latest NewsJust now

ट्रम्प, सी र पुटिनबीच बिहीबार त्रिपक्षीय बैठक हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार एपेक शिखर सम्मेलनको क्रममा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ। ह्वाइट हाउस र क्रेमलिनको घोषणापछि चिनियाँ विदेश मन्त्रालयले सोमबार उक्त बैठकको औपचारिक पुष्टि गरेको हो। विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एकै ठाउँमा जुट्न लागेको यो पहिलो पटक हो। द वाल स्ट्रिट जर्नलका अनुसार रुस-युक्रेन युद्ध अन्त्य गर्ने ...

नेपालन्युज
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लियो
Latest NewsJust now

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ । वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म... ...

रातोपाटी
जसले रक्त क्यान्सर जितेर नयाँ जीवन पाए
Latest NewsJust now

जसले रक्त क्यान्सर जितेर नयाँ जीवन पाए

‘केमोथेरापी गरे पनि तपाईंको बाँच्ने सम्भावना २० प्रतिशत मात्र छ!’ ५ वर्षअघि चिकित्सकको कुराले झस्किएका थिए हुत्तराज गौतम। उनी कोरोनाको शंकामा अस्पताल पुगेका थिए। ओखलढुंगा घर भएका हुत्तराज परिवारसँग ललितपुरमा बस्थे। त्यतिबेला नेपालसहित पूरै विश्वमा कोरोना फैलिँदै थियो। शरीर गल्ने, हिँड्न नसक्ने र गिजाबाट रगत र पिप आउने समस्या देखिएपछि उनलाई प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play