काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसूचक आज ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५ विन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ विन्दुमा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२ विन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको सूचक घटेको छ भने दुई वटाको बढेको छ। आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सबल योजना र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन्। एभरेस्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन्।
नेप्से ११ अङ्कले घट्यो, कारोबार सवा चार अर्बको

Read Complete Original Article
Published originally on नेपालन्युज





