Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण
Photo / Coverage: टक्सार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ । सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड माथिको कारोबार भएको छ । आजको दिन एभरेष्ट कलर ल्याबका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ । त्यस्तै आजको दिन मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ । कुल ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १ सय ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ए विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ए विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । प्रतियोगितामा नेपाल […] ...

लोकपथ
नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षकदेखि सव–इन्जिनियरसम्मको जागिर, पोल खुलेपछि मुद्दा
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षकदेखि सव–इन्जिनियरसम्मको जागिर, पोल खुलेपछि मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक र मन्त्रालय मातहत सव–इन्जिनियर पदमा काम गरेका व्यक्तिविरुद्ध आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयमा प्राविधिक शिक्षकका रुपमा करारमा २ वर्ष […] ...

लोकपथ
साउदी अरबद्वारा रेडक्रसलाई ८ हजार कम्बल र ६ हजार म्याट्रेस सहयोग
Latest NewsJust now

साउदी अरबद्वारा रेडक्रसलाई ८ हजार कम्बल र ६ हजार म्याट्रेस सहयोग

काठमाडौँ। साउदी अरबको ‘किङ सलमान ह्युमनिटेरियन एड एन्ड रिलिफ सेन्टर’ले नेपाल रेडक्रस सोसाइटीलाई आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीलाई राहत सामग्री हस्तान्तरण गरे। बाढी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायलाई लक्षित गरी ...

नेपालन्युज
‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
Latest NewsJust now

‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement