नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बोटलर्स नेपालको शेयर ६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने पिपल्स हाइड्रोको १५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

Read Complete Original Article
Published originally on पर्दाफास






