Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २४ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा भएको बताउनुभएको छ । मंगलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल संवत्को ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । ‘यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाःको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ,’ उहाँले भन्नुभयो । शंखधर साख्वाःको योगदान कुनै एक समुदायमा मात्र सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ ।’ नेपाल संवत् कुनै एक जाति वा भाषाविशेषको मात्र नभई समग्र नेपालीको साझा पहिचान भएको उहाँले बताउनुभयो । ‘नेपाल संवत् कुनै एक जाति वा भाषा विशेषको मात्र नभई नेपालीको साझा पहिचान दिने संवत् हो,’ उहाँले भन्नुभयो । नेपाल संवत् नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्यायसमेत भएको उल्लेख गर्दै सभामुख अर्यालले विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको बताउनुभयो । उहाँले नेपाल संवत् आन्दोलनलाई अगाडि बढाउन योगदान पुर्‍याउने अग्रज तथा अभियन्ताहरूको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ‘शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् । अब यी उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो । नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । नेपाल संवतकाे संरक्षणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । ‘यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतकाे प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुनेछ,’ उहाँले भन्नुभयो । उहाँले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि सबैलाई एकजुट हुनसमेत आह्वान गर्नुभयो । ‘हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अगाडि बढौँ,’ उहाँले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?
PoliticsJust now

प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?

आठ टोली, एउटै लक्ष्य र उपाधिका लागि कडा प्रतिस्पर्धा । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अब प्लेअफको दौड रोचक बन्दै गएको छ । कुनै टोलीले आफ्नो दबदबा कायम राखेको छ त कुनै टोलीले उतारचढावबीच पनि बलियो पुनरागमनको संकेत दिएको छ । लिग चरणका खेलहरू अघि बढ्दै जाँदा एउटा प्रश्नले सबैको ध्यान खिचेको छ-  यसपटक प्लेअफमा पुग्ने चार टोली ...

फरकधार
नयाँ संसदमा नेतान्याहुलाई विपक्षीको चुनौती, अब के गर्लान् ?
PoliticsJust now

नयाँ संसदमा नेतान्याहुलाई विपक्षीको चुनौती, अब के गर्लान् ?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्मा उहाँको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी र संसदीय नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिन सक्छ । नयाँ १२० सदस्यीय संसद्ले मङ्गलबारदेखि काम सुरु गर्दैछ । राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसैनिक प्रमुख गदी आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । तर ...

फरकधार
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
PoliticsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् ।  दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन् । ...

फरकधार
प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर
PoliticsJust now

प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर

काठमाडौं, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको सुन्दर पक्ष भनेकै प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचानलाई राज्यले सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिनु रहेको बताउनुभएको छ। नेपाल संवत् ११४७ को अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play